Wednesday 14th October 2026

देवेन्द्रराज शाक्यका सोह्र छेस्काहरु


भानुभक्त त
नेपाली भाषाको
हो आदि कवि

युवक कवि
मोतीराम भट्ट
जान्नु है नाम

ओखलढुङ्गे
सिद्धिचरण
युग कवि हो

लक्ष्मी प्रसाद
काव्य नै रच्ने
हो महाकवि

माधव घिमिरे
राष्ट्र कवि हो
सम्मान गरौँ

कवि हो हाम्रो
धरणीधर
अति उत्तम

सत्यमोहन
संस्कृति प्रेमी
उच्च छ नाम।

तिलविक्रम
नेम्वाङ जाती
आयामेली कवि

शम्भु प्रसाद
जानौँ सबैले
आँशु कवि हो

गुरु प्रसाद
मैनाली पनि
कथाकार नै।

बालकृष्ण सम
प्रसिद्ध छन्
नाटककार

कवि शिरोमणि
लेखनाथ हो
सबैले जानौँ

विजय मल्ल
प्रसिद्ध हुन
नाटककार

शिरीष फूल
उपन्यास लेख्ने
हो पारिजात

पिएचडी धारी
साहित्य कर्मी
वानीरा गिरी

कवि चिनारी
कोर्ने जमर्को
उद्देश्य मेरो

देवेन्द्रराज शाक्य बुटवल
रुपन्देही लुम्बिनी प्रदेश।


सम्बन्धित शीर्षकहरु

स्ट्रेट अफ हर्मुज हुँदै यात्रा गरिरहेको सिंगापुरको झण्डावाहक कन्टेनर जहाज GFS Pride क्षतिग्रस्त भएपछि डुबेको छ। जहाजमा रहेका सबै २१…

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

प्रतिकृयाहरू
...