Wednesday 13th May 2026

उपाधि उचाल्ने होडमा साफ फाइनलमा पुगेको नेपाल उपविजेतामै सीमित


तीतोपाटी – साफ च्याम्पियनसिपको उपाधि उठाउने लक्ष्यका साथ पहिलो पटक साफ फुटबलको फाइनलमा पुगेको नेपाल उपविजेतामै सीतित बन्न पुगेको छ। साफ फुटबलकाे १३औं संस्करणमा फाइनल सम्म पुगेर पहिलो हाफ सम्म दमदार खेल प्रस्तुत गरेको नेपालले दोस्रो हाफको सुरुवातमा नै खाएको दुई अस्वभाविक गोलका साथै खेलको अन्तिम समयमा खाएको थप एक गोलका कारण भारतसँग ३-० को अन्तरले पराजय भोग्नु परेको हो ।

पहिलो हाफको खेलमा संघर्षपूर्ण खेल पस्केर भारतलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफको सुरुवातमा नै सम्हालिन नसक्दा एक मिनेटको फरकमा दुई गोल खान पुगेको थियो । भारतका लागि सुनिल क्षेत्रीले ४९ औं मिनेटमा पहिलो गोल गरेका थिए भने ५० औं मिनेटमा सुरेश सिंहले अर्को गोल थपेका थिए । यस्तै खेलको ८९ औं मिनेटमा साहल अब्दुलको गोलको कारण नेपालले फाइनल खेल ३–० ले गुमाएको थियो ।

साफ च्याम्पियनसिपको २८ वर्षको इतिहासमा पहिलो पटक फाइनलमा उत्रिएको नेपाली टोलीको प्रदर्शन विर्सनलायक भने रहेन । निकै संघर्षपूर्ण खेल पस्केपनि गोल गर्न नसक्ने परम्परागत कमजोरी यसपटक पनि दोहोरियो । त्यसमाथि खेलाडीहरुले बढी मिसपास खेल्नु नेपालका लागि दुर्भाग्य नै बनेको थियो ।

नेपालले खेलको आठौ र ७७ मिनेटका दुई प्रयास गोल पोष्टमा ठोक्किनु दुर्भाग्यको अर्को पाटो बनेको थियो । नेपाली टोलीको कमजोरीको फाइदा उठाउन नचुकेको भारतले प्राप्त गरेको गम्भीर आक्रमणलाई सफल बनाएको थियो ।

माल्द्धिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा सम्पन्न फाइनलमा खेलमा नेपाली प्रशिक्षक अब्दुल्ला अल्मताइरीलाई प्रतिबन्ध लगाइदा उनले मैदानमा आउन पाएका थिएनन् । उनीमाथि लगाइएको प्रतिबन्धको बारेमा सर्वत्र आलोचना भएको थियो भने साफ फुटबल फेडरेशनले पनि उनीमाथिको प्रतिबन्धको चित्त बुझ्दो जवाफ दिन सकेको छैन ।

यो सहित भारतले भने आठौं पटक साफ च्याम्पियनसिपको उपाधि उचाल्न सफल भएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...