Friday 19th April 2024

अफगानिस्तानको कानदहारस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ५० को मृत्यु


तीतोपाटी – अफगानिस्तानको कानदहारस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ५० जना मारिएका छन् भने १०० जना घाइते छन् । शुक्रवार दिउँसो प्रार्थना भइरहेको समयभा भएको उक्त विस्फोटमा अझै धेरै मानिसहरू हताहत भएको हुन सक्ने वासिङ्टन पोष्टले जनाएको छ ।

सिया मस्जिदलाई लक्षित गरी शुक्रबारको नियमित प्रार्थनाको क्रममा विस्फोट भएको हो । घाइतेहरुलाई नजिकका अस्पतालमा उपचार गरिएको छ ।

तालिबान सरकारका आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता क्वारी सइद खोस्तीले घटनाको पुष्टि गरेका छन् । हमला कसले गरेको भन्नेबारे भने केही खुलेको छैन ।

गत शुक्रबार पनि कुन्दुज सहरस्थित अर्को एक सिया मस्जिदमा बम विस्फोट गरिँदा २० जना मारिनुका साथै ९० घाइते भएका थिए । उक्त विस्फोटको जिम्मा आईएसआईले लिएको थियो भने यस पटकको विस्फोट कस्ले गराएको बताइएको छैन ।

अफगानिस्तानमा तालिबान सरकार गठनपछि आईएसआईएलका लडाकूले आक्रमण तिब्र पारेका छन् ।


सम्बन्धित शीर्षकहरु

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो।…

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

प्रतिकृयाहरू
...