Thursday 9th October 2025

घरैमा यसरी बनाउनुहोस् मासुको अचार


आर. बी. बुढाथोकी, तीतोपाटी डटकम-पछिल्लो समय नेपली बजारमा मासुको अचार निकै लोकप्रिय हुँदै गएको छ । भेज अचार त भारतीय बजार हुँदै नेपाल भित्रिएको धेरै पुरानो इतिहास छ । मासुको अचार धेरै नेपालीको रोजाइमा पर्न थालेको छ ।

भारतको गोवामा पोर्चुगिजहरूले बंगुर तथा माछाको अचार भित्र्याएजस्तै नेपालमा भने टिबेटिन तथा मंगोलियन तथा नेवार समाजबाट मासुको अचार बनाउने विधि–विस्तार भएको विज्ञहरूको अनुमान छ । तर, जो जसले भित्र्याए पनि यो सबै समुदायमा प्रिय हुँदै गएको छ । आज हामीले यहाँ चिकनको अचार बनाउने तरिका र चाहिने सामग्रीबारे चर्चा गर्नेछौँ ।

चिकेन अचारका लागि चाहिने सामग्री :
बोनलेस चिकेन आधा केजी, तोरीको तेल ४० एमएल, मेथी आधा चिया चम्चा, अदुवा १५ ग्राम, लसुन २० ग्राम, सुकेको खुर्सानी ६ पिस, सोप एक चिया चम्चा, तोरीको दाना एक चिया चम्चा, नुन स्वादअनुसार, गेडाजिरा सात ग्राम, गेडा धनियाँ १० ग्राम, इम्लीको रस वा कगतीको रस २५ एमएल, भेनेगर ७ एमएल, मरिचको दाना एक चिया चम्चा

चिकेन अचार बनाउने विधि :
सर्बप्रथम चिकेनलाई डाइस वा स्ट्रिपकटमा काट्नुस् अनि नुन, बेसार कागती मोलेर तातेको तोरिको तेलमा मज्जाले खरो हुने गरी भुट्नुस् । बाउन कलर आउना साथ झाजरले छानेर एक साइडमा राख्नुस । अर्को सुक्खा प्यानमा सुकेको डल्ले खुर्सानी, मरिच, धनियाँ, जिरा, मेथी, तोरी, टिमुर हालेर रोस्ट गर्नुस् र हल्का चिसो हुनासाथ सिलौटो या ग्राइन्डरमा पिस्नुस् एक साइडमा राख्नुस् ।

तातेको तोरिको तेलमा मसिनो गरी काटेको अदुवा, लसुन फुराउनुस र ब्राउन हुनासाथ हिट कम गरेर पिसेको मसला हालेर केहीबेर पकाउनुहोस् । अब रोस्ट गरेको चिकन हालेर चलाउनुस । अन्तमा चिसो हुनासाथ भिनेगर, कागतीको रस र इम्लीको झोल हालेर मिक्स गरेपछि एयरटाइट सुक्खा सिसीमा हालेर सामान्य तापक्रममा राख्नुस् जुन तीनदेखि ६ महिनासम्म प्रयोग गर्न सकिन्छ । मासुको अचार निकाल्दा सुक्खा र सफा काठको या स्टिलको चम्चा प्रयोग गर्नुपर्छ । कुखुराको मासुको अचारजस्तै बफ, टर्की, बंगुर, अस्ट्रिच, खसी, माछा, झिंगेमाछाको पनि सहजैसँग अचार बनाउन सकिन्छ ।

 

दि सोल्टी होटल काठमाडौंमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन्।


सम्बन्धित शीर्षकहरु

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

राज मल्ल - नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध सन् १९७२ मा स्थापना भएको हो। त्यसको करिब दुई दशकपछि, सन् १९९५…

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बद्री पक्षले आफ्नो पदस्थापनको पहिलो त्रैमासिकमै प्रचारमुखी गतिविधिभन्दा प्रभावकारी र श्रमिकमैत्री कार्यक्रमहरू सञ्चालनमा…

प्रतिकृयाहरू
...