Thursday 15th October 2026

सीता ढुङ्गाना काफ्लेका पाँच टुक्का कविताहरू


१.
बाहिर हेर्दा कहीँ कतै देखिदैन खाेट,
मायालुले धेरै दिए याे मन भित्र चाेट।
२.
काेराेनाले थला पारेर खाली भए पेट,
सहर तिर बस्ती बढ्याे बाँझाे रहे खेत।
३.
साहुकाे ऋण तिर्न भनि विदेशमा आकाे,
मैले पनि छैन नि प्रिय पेटभरि खाकाे।
४.
कसाेगरी पाल्ने हाे मैले साना छाेराछाेरी,
खान लाउन नपुर्याए हास्छन् फेरि जाेरी।
५.
सम्झना अझै ताजै छ हात समाएकाे,
आँगनमा उफ्री उफ्री तिमी रमाएकाे।

✍️ सीता ढुङ्गाना काफ्ले
सिद्धार्थ साहित्य परिषद, भैरहवा


सम्बन्धित शीर्षकहरु

स्ट्रेट अफ हर्मुज हुँदै यात्रा गरिरहेको सिंगापुरको झण्डावाहक कन्टेनर जहाज GFS Pride क्षतिग्रस्त भएपछि डुबेको छ। जहाजमा रहेका सबै २१…

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

प्रतिकृयाहरू
...