Thursday 15th October 2026

शान्ता शाक्यका दसैं विषयका केही षड्ऋतुहरू


आश्विन शुक्लको
प्रतिपदादेखि
दशमीसम्म नि
निरन्तर चल्ने
नामकरण नै
हुन पुग्यो दशैं

दानवी प्रवृत्ति
हार हुने दिन
अन्धकारमाथि
प्रकाशको जीत
असत्यको माथि
सत्यताको जीत

चाडमा प्रमुख
हुन् नायिका दुर्गा
दुर्ग वध गर्दा
नाम हुन पुग्यो
हुन् भवानी दुर्गा
गरौं दुर्गा पूजा

पहिलो दिनमा
घट कलशको
गरिन्छ थापना
देवी र देवता
समाहित गरी
हुन्छ दशैं पूजा

नेपालीको गर्व
दशैं महान् पर्व
जमरा रोपण
फूलपाती हुने
अष्टमीका दिन
पूजाआजा गर्ने

नवमीका दिन
नवदुर्गा पूजा
धुमधाम पुज्ने
भक्तिभाव राखी
शक्तिपीठ जाने
आराधना गर्ने

दशमीका दिन
परिवार भेला
रमाइलो मेला
ठूलाबाट टीका
जमरा नि लिने
आशीर्वाद थाप्ने

छ महत्त्वपूर्ण
सप्तमी अष्टमी
नवमी दशमी
चारै नै तिथिमा
हुन्छ खास पूजा
राखेर नै आस्था

नवदुर्गा पुज्ने
बाराही वैष्णवी
प्रकृति चण्डिका
हो जगदम्बिका
सर्वमङ्गला नि
भद्रकाली आदि

छ महत्त्वपूर्ण
अनेक दृष्टिले
धुमधामसॅग
मान्नका लागि नै
बिदा सरकारी
दिइन्छ नै लामै

मामाघर जाने
रातो टीका थाप्ने
मीठो भोज खाने
साथीभाइ भेट्ने
लिङ्गे पिङ खेल्ने
रमाइलो गर्ने

दशैं नहोस् दशा
घाॅटी हेरी हाड
निल्ने गरौं सदा
दशैं मानौं हामी
स्वच्छ भाव राखी
संस्कृति बचाई

शान्ता शाक्य


सम्बन्धित शीर्षकहरु

स्ट्रेट अफ हर्मुज हुँदै यात्रा गरिरहेको सिंगापुरको झण्डावाहक कन्टेनर जहाज GFS Pride क्षतिग्रस्त भएपछि डुबेको छ। जहाजमा रहेका सबै २१…

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

प्रतिकृयाहरू
...