Tuesday 11th August 2026

गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा डा. बद्री के.सी. को उम्मेदवारी


तीतोपाटी – गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि डा. बद्री केसीले अध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजकसमेत रहेका केसीले ‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारासहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । काठमाडौंको एलिस पार्टी प्यालेसमा मंगलबार पत्रकार सम्मेलन गरी केसीले उम्मेदवारी घोषणासँगै आफ्ना प्रतिवद्धतापत्र समेत सार्वजनिक गरेका हुन् ।

केसीले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगार, नेपालमा लगानी तथा एनआरएन नेपाल डेभलपमेन्ट फण्ड, संस्थागत पुर्नसंरचना एवं सुदृढीकरण, ज्ञान–सीप र प्रविधिसहितको एनआरएन, एनआरएन फाउण्डेशन, पर्यटन प्रवद्र्धन, युवा–महिला र दोश्रो पुस्ता तथा अन्तर्राष्ट्रिय संघ–संस्थासँगको सहकार्य लगायतका एजेण्डा उठाएका छन ।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै डा. केसीले वर्तमान कार्यसमितिमा रहेर आफूले निर्वाह गरेको जिम्मेवारीको संक्षिप्त जानकारी गराउँदै कोभिड–१९का कारण समस्यामा परेका हजारौ नेपालीलाई गरिएको उद्धारको चर्चासमेत गरेका थिए । ‘एनआरएन अभियानमा १९ वर्षदेखि अनवरतरुपमा सहभागी हुँदै गर्दा यस अवधिमा संघको विभिन्न पदका लागि भएको प्रतिष्पर्धामा कामको मूल्यांकन गरेर नै संसारभरका एनआरएनहरुले जिम्मेवारी दिनुभएको मेरो विश्वास छ’ केसीले भने –‘अबको मेरो यात्रा भनेको स्वभाविकरुपमा संघको नेतृत्व नै हो, संघको अभियानलाई अझ सशक्त ढंगमा अगाडि बढाउनका लागि नै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ।’

संघका पूर्वउपाध्यक्ष तथा सल्लाहकार टिबी कार्कीले एनआरएन अभियानका लागि अबको नेतृत्वमा डा. बद्री के.सी स्वभाविक र निर्विकल्प उम्मेदवार भएको बताए ।

सो अवसरमा केसी टिमबाट उपाध्यक्षमा डा.हेमराज शर्मा, धर्मराज अधिकारी, महेश श्रेष्ठ, डि.बी क्षेत्री, याश्मिन वेगम शैयद, युवा उपाध्यक्षमा रोशन थापा, महासचिवमा गौरीराज जोशी, कोषाध्यक्षमा लोक दाहाल, सचिवमा ओम गुरुङ, रामशरण सिम्खडा, चिरञ्जिीवी घिमिरे, राधिका गुरुङ ‘टिका’ महिला संयोजकमा संगिता मरहठ्ठालगायतको पनि उम्मेदवारी सार्वजनिक गरिएको थियो ।

स्थापना कालदेखि नै एनआरएन अभियानमा सक्रिय सहभागीता जनाएका केसीले एनआरएनए एनसीसी रसियाको महासचिव, २ कार्यकाल आइसीसी सदस्य, आइसीसी कोषाध्यक्ष, २ कार्यकाल आइसीसी महासचिवको भूमिका सफलतापूर्वक निभाइसकेका छन् भने हाल आइसीसी उपाध्यक्षको जिम्मेवारीमा छन् ।


सम्बन्धित शीर्षकहरु

रुसको तातारस्तान क्षेत्रस्थित निज्नेकाम्स्क (Nizhnekamsk) शहरमा युक्रेनले गरेको ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते…

साउदी अरबको राजधानी रियादमा रहेको सोफा उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा १६ जना बंगलादेशी आप्रवासी कामदारको मृत्यु भएको छ।…

जर्मनीबाट इजरायललाई ‘INS Drakon’ पनडुब्बी हस्तान्तरण, इरानविरुद्ध रणनीतिक क्षमता बलियो इजरायलले जर्मनीबाट आफ्नो नौसेनाको नयाँ INS Drakon पनडुब्बी औपचारिक रूपमा…

प्रतिकृयाहरू
...