Sunday 21st June 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७१ औं काव्य श्रृङ्खला भव्य रुपमा सम्पन्न


तीतोपाटी – चन्द्रागिरी साहित्य प्रतिष्ठानकाे ७१ औं काव्य श्रृङ्खला २०७८ साल आश्विन १३ गते भव्य रुपमा सम्पन्न भएको छ ।

चन्द्रागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षतामा, अन्तर्राष्ट्रिय साहित्य समाजका बरिष्ठ उपाध्यक्ष गाेबर्धन पूजाकाे प्रमुख आतिथ्यता एबं डा बम बहादुर थापा,कलानिधि दाहाल,जगदीश्वर पाेखरेल,गंगा लिगल,राधिका गुरागाइ,खगेन्द्र बस्याल,निर्मल पराजुली लगायतको विशिष्ठ आतिथ्यतामा अनी चुडा निर्भिककाे कुशल उद्घाेषणमा ७१ औं विशेष श्रृङ्खला २४ जना साहित्यकारकाे सहभागितामा भव्य रुपामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा लक्ष्मी प्रसाद मिश्र’ चन्द्रावतीअधिकारी,द्वारिका कुईकेल,उर्मिला पन्त,दुर्गा अधिकारी,दुर्गा भमरकाेटे,कल्पना देवकाेटा,चुडा निर्भिक,वीर बहादुर लाेहनी,सिता विष्ट कार्की,सिता सुवेदी,गंगा गहतरज,हरि प्रसाद चाैागाईं,विनु बाबा घिमिरे,जानुका थापा,साेम लुईटेल लगायत २३ जना साहित्यकारहरूले आ-आफ्ना कवित विशेष रचना वाचन गर्नु भइ सम्पन्न गरिएकाे थियाे ।

प्रमुख अतिथि गाेबर्धन पूजाले भाैगाेलिक सिमा ताेडेर नेपाली मनकाे भेट साहित्यले गराएकाेछ,भन्नु हुँदै चन्द्रागिरिलाइ धन्यबाद दिनु भयाे ।हाम्राे मन नेपाली,भाषा नेपाली,लेख्ने साहित्य नै हाे भन्नु हुँदै विर्सिसकें तिमी सँग साटेकाे जिन्दगी, जलेनछ सम्झनाकाे लाश सुन्दर भावकाे कविता सुनाउनु भयाे । कलानिधि दाहालले चन्द्रागिरीकाे कार्यक्रम ज्यादै उत्कृष्ठ,बनेकाे छ विधा विशेष पनि गर्ने गरेकाेछ भन्नु हुँदै बम बहादुर थापा ज्यूले सारङ्गा छन्दमा गजल सुन्दर बन्दाे रहेछ धड्कनकाे रचना सुन्न पाइयाे भन्नु हुदै कुण्डली शिर्षककाे कविता सुनाउनु भयाे ।मेराे सिर्जनमा म सुन्दर कविता सुनउनु भयाे ।

अन्त्यमा अध्यक्ष जनार्दन धड्कनले खाेरिया पर्वतककाे रुपमा खाेरियाकाे सैदान्तिक पक्ष ४ लाइनकाे संम्रचना ८/८/८/५ २९ अक्षरमा लेखिने लाेक छन्दकाे चिनारी दिनु हुँदै ।विश्व नेपाली साहित् प्रतिष्ठन गठन सम्वन्धि पनि विशेष जानकारी दिनु भयाे ।चन्द्रगिरिले विधागत,विषयगत,र पर्व विशेष गाेष्ठी गर्दै अाएकाेमा साहित्यकार ज्यूहरू त्यही अनुरुप रचना लिएर जाेडिनु भएकाेमा खुशी व्यक्त गर्नु प्रमुख आमन्त्रित लगायत सम्पूर्ण उपस्थितीमा हार्दिक आभार व्यक्त गर्नु हुँदै समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

प्रतिकृयाहरू
...