Saturday 3rd October 2026

मलेसियामा अवैध, बच्चा जन्माएर हत्या गरेको अभियोगमा नेपाली महिला जेल परिन


तितोपाटी- मलेसियाको मालाका राज्यको आलोर गाजाहस्थित कम्पनीमा कार्यरत एक नेपाली महिलालाई मलेसियन प्रहरीले गत बुधबार पक्राउ गर्‍यो ।

२८ वर्षीया ती महिलाले बच्चा जन्माएर हत्या गरी कोठामै प्लास्टिकमा पोको पारेर राखेको सूचना मलेसियन प्रहरीले पाएलगत्तै उनलाई पक्राउ गरेको हो । आफू बसेको होस्टलकै ओछ्यानमा बच्चाको हत्या गरी प्लास्टिकमा पोको पारेको अवस्थामा ती महिला पक्राउ परेको प्रहरीले मलेसियास्थित नेपाली दूतावासलाई जानकारी गराएको छ ।
दूतावासका अनुसार ती महिला १० वर्षदेखि मलेसियामै अवैध रुपमा बसेर काम गदै आएकी थिइन् । सो अवधिमा उनले थुप्रै कम्पनीमा काम गरिसकेको प्रहरीलाई बयान दिएकी छिन् ।
पछिल्लो समय एक नेपालीभाषी भारतीय युवासँगकाे सम्बन्धले गर्भ बसेको उनले प्रहरीलाई बताएको दूतावासले जनाएको छ । ती महिलाले गर्भपतन गराएकी हुन् वा बच्चा जन्माएर हत्या गरेकी हुन् खुल्न नसकेको दूतावासका अधिकारीले बताएका छन् । प्रहरीले भने बच्चा जन्माएर दुई जना मिलेर हत्या गरेको आराेप लगाएकाे छ ।
प्रहरीले महिलाका प्रेमीलाई हालसम्म पक्राउ गर्न सकेको छैन । महिलालाई भने मलेसिया प्रहरीले गत बिहीबार नै अदालतमा उपस्थित गराइसकेको छ ।
ती महिला विगत १५ दिनदेखि काममा नगइ कोठामा आराम गरेर बसेकी थिइन् । शरीर, हातखुट्टा सुन्निएर बिरामी परेपछि उपचारका लागि अस्पताल जाँदा ती महिला सुत्केरी रहेको चिकित्सकले थाहा पाएका थिए । मलेसियामा अवैध गर्भधारण गर्नु र बच्चा जन्माउन कानुनी बन्देज छ । सोहीकारण अस्पतालले प्रहरीलाई ती महिलाबारे जानकारी गराएकाे थियाे ।
मलेसियन कानुनमा अवैध सम्बन्धबाट बच्चा जन्माउने महिलालाई जन्मकैद जेल र मृत्युदण्डसम्मको सजाय हुने व्यवस्था छ । अवैध रुपमा मलेसिया बसेकाले उनीमाथि थप सजाय हुनसक्छ ।
तर ती महिलाबारे कुनै सूचना नभएको दूतावासले जनाएको छ । अवैध तवरले बसेकाले ती महिलासँग पासपोर्ट लगायतका कुनै परिचयपत्र नभएको बताइएको छ । ती महिला सन् २०११ मै मलेसिया पुगेकोप्रहरीसमक्ष बयान दिएकी छन् ।

शिलापत्रमा रमेश भारतीले लेखेकाछन


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...