Monday 28th September 2026

कुवेतमा कार्यरत यी ७ क्षेत्रबाट निजी क्षेत्रमा आफ्नो भिसा सार्न सकिने


तितोपाटी- कुवेतमा कार्यरत आप्रवासीहरुले यी ७ क्षेत्र बाट सरकारी परियोजना बाट निजी परियोजनामा आफ्नो भिसा सार्न सकिने भएको छ।

कुवेत जनशक्तिको लागी सार्वजनिक प्राधिकरणले विभिन्न क्षेत्रहरु बीच श्रम स्थानान्तरणको अनुमति दिने निर्णय गरेको (अलराय दैनिकलाई उद्धत गर्दै, कुवेतटाइम्सले लेखेको छ।

यस अघी निषेधित अवस्थामा रहेका यी सात क्षेत्रहरुबाट अब भने कुवेतमा कार्यरत आप्रवासीहरुले आफ्नो निजी क्षेत्र को लागी हस्तान्तरण गर्न सकिने र कुवेत सरकारको यो निर्णय बाट ठुलो मात्रमा लाभ पाउने भएका छन।

कुवेतमा जो कोही पनी नेपाली कामदार यी ७क्षेत्र “उद्योग , कृषि, गोठालो, माछा मार्ने, सहकारी संघ र संघहरु, र मुक्त व्यापार क्षत्रमा काम गर्दै आएका छन सरकारको यो निर्णयले आफ्नो इच्छाअनुसार भिसा ट्रान्सफर गर्न पाउने छन।

सूचना र मिडिया विभागका निर्देशक, प्राधिकरणका आधिकारिक प्रवक्ता असील अल-मजेदद्वारा जानकारी दिए अनुसार, कुवेत श्रममन्त्रालयको निर्णयले कोरोना महामारीको अवस्था, विशेष गरी अवरोधको अवधिमा रोजगारदाता र कामदारहरुलाई सहज बनाएको बताए।

र उनले थपे: श्रमिकको अभाव र कोरोना महामारीका कारण बाहिरबाट नयाँ श्रमिक भर्ना गर्न लगाएको प्रतिबन्धका कारण अधिकारीहरुले रोजगारदाता र कामदारहरुलाई यी क्षत्रमा कार्यरत भिसालाई निजी क्षेत्रको कार्य भिसामा रूपान्तरण गर्न अनुमति दिने निर्णय गरेको छ।


सम्बन्धित शीर्षकहरु

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

प्रतिकृयाहरू
...