Friday 19th April 2024

नाै सर्जकका संयुक्त पञ्चाङ्गहरू


“पाँच तत्व पाँचै विकार, पाञ्चाङ्ग नै ठिक आधार”

पञ्चाङ्ग १
*****

लाग्यो सोह्र सराध्द पितृ कतिले,सम्झेर श्रद्धाञ्जली ।
अर्पन्छन् जल साथ तिल कुशले,छम्केर श्रद्धाञ्जली ।
हाम्रो वैदिक धर्म शास्त्र कतिले,व्याख्या गरेका कुरा।
मान्दै अर्पण हातमा जल लिदै,लम्केर श्रद्धाञ्जली।
आस्था छैन भने त क्वै मनुजले,गम्केर श्रद्धाञ्जली ।

-तोयानाथ सुवेदी, काठमाडौं

पञ्चाङ्ग २
****

देश बेचने गद्धारको टाउको काट्नै पर्छ।
जनताको अदालतमा अब राख्नै पर्छ।।
औधी कपट गर्यौ निरीह जनता माथी।
एक एक गरेर सबैलाई जाक्नै पर्छ।।
नेता सबै लाई पाता कसेर बाँध्नै
पर्छ।।

धेरै ढाँट्यौ आफैलाई अमेरिकी चंगुलमा फस्यौ नेता।
अमेरिकी डलर पचाउँन नसकी सबै बस्यौ नेता।।
आफ्नो देशको भुभाग दिएर बिदेशी लाई खुसी पार्यौ।
नेपालक जनताका अगाडि सदाका लागि खस्यौ नेता।।
देश द्रोही काम गर्नाले अस्तित्व बिहिन भै धस्यौ नेता।।

(लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा

पञ्चाङ्ग ३< ****** १ पानी सिसाको हाँस्न सिकाएर दुस्ख लुकाएको गल्ती गरेर बाँच सधैंभरी मुख लुकाएको जिन्दगिमा पीडा श्रम गर्नेलाई पर्दो रहेछ आफ्नै भनेर मेरो भनेलाई सुख लुकाएको परिश्रम गर्दै पटुकी बाँधी भुख लुकएको । २ हृदय भित्रको कुरा कहिले थाम्न सकिन सम्झाउन आए तर बाँधेर बाँधन सकिन मायाको लागि आँए तर कसरी मन खोलुँ रहर मारें तिम्रै लागि अन्त ताक्न सकिन मन थियो भाग्ने छोडेर बाटो लाग्न सकिन । -सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग ४< ***** परम्परा खेतीपाती आजभोली हराउँदै गयो किन विषादी भएरै बालिनाली पनि डराउदै गयो किन विषादीले भरिपूर्ण हाम्रो स्वास्थ्य खस्कँदै गएको छ नि खेतीपाती गर्ने हेर आजभोलि भराउँदै गयो किन घाटाको खेती गर्दा किसान आफै कराउँदै गयो किन । -रामहरि शर्मा काठमाडौ ।

पन्चाङ्ग ५
*****

दुर्योधनको जस्तो मान मलाई चाहिएन है
बंशैनास हुने घमण्डी पन मलाई पाइएन है
आफ्नो मात्र हैन सबैको रक्षा गर्न सकियोस्
कुकर्ममा यो मन कैहिल्यै मलाई लाइएन है
अर्काको रिस राग कैहिल्यै मलाई छाइएन है ।

-मधुसूदन प्रसाद घिमिरे

पञ्चाङ्ग ६
*****

टाढाटाढा भयो माया मन जल्यो हेर
विश्वासको शिखर त्यो पनि ढल्यो हेर
चर्केपछि लिउनले नटाल्ने के गर्नु
सम्झनाका तरङ्ग, तिनले छल्यो हेर
आशाको दियालो निभ्यो मन गल्यो हेर ।

खुला बाटो रोज्नुपर्छ कुरा गरौँ आज
रित्तिएको मनका भण्डार भरौँ आज
दूरीलाई गन्दै पाइला नजिक आऊ
एकान्तको खोजी, कतै टाढा सरौँ आज
हराभरा फूल फुल्ने बीज छरौँ आज ।

आफ्नो नाम नेता राख्ने देश जलाए आज
स्वाभिमानको नारा, इमान ढलाए आज
दुख्छ सीमा, दुख्छ गरिबीको झोली यहाँ
देशको सुन्दरता भत्काए छलाए आज
जहाँजहाँ दुख्छ त्यहीँनिर चलाए आज ।

(सविता के।सी। ❤ काठमाडौं

पञ्चाङ्ग ७
*****

झुलुक्क ऊ झुल्केको छ लाज मानी होला ,
सफारीमा निस्केको छ टाढै जानी होला ।
उस्का पनि व्यथा होलान् लुकाएको होला कतै?
मनभित्र कपटको नि राजधानी होला ।
सम्बन्ध नि टुटाउँदै छ जानाजानी होला ।

वर्षौँको त्यो सम्बन्धलाई फाल्यो खोलीभरि
चिप्लो पनि अति थियो उस्को बोलीभरि।
बुझ्न कत्ति नसकिने चरित्र त्यो उसको
लुकाएको के रैछ र मनको झोलीभरि
ज्यानमारा शक्ति रैछ सानो गोलीभरि ।

उस्को दिलमा छुरा रोपी बाँच्ने रहर छैन कतै ।
स्वार्थ खातिर मोका छोपी जाँच्ने रहर छैन कतै।
जिन्दगानी जिउँदै गर्दा सिक्दै जाने रैछ यहाँ
आफ्नो लागि उस्का आशा भाँच्ने रहर छैन कतै।
करैकापै उस्को मायाँ साँच्ने रहर छैन कतै।

-चन्द्रावती अधिकारी , कोहलपुर बाँके

पञ्चाङ्ग ८
*****

जुधेका थिए नजर उनका जालमा परें।
उनको मायाको प्रेम रसको छालमा परें।
ब्राह्मचारी भै तपस्यामा बस्छु भन्थे जलमा
भित्रभित्रै मुटु जलाई उस्को चालमा परें।
लौन साथी कसो गरूँ बेहाल हालमा परें।

बाबा आमा सम्झना बनेर आउनु हुन्छ।
सोह्रश्राद्ध सुरु भो कनेर आउनु हुन्छ।
श्रद्धाञ्जली अर्पण गर्छु सधैं हजुरमा
वर्ष दिनको तिथी गनेर आउनु हुन्छ ।
आशिर्वाद दिन भनेर आउनु हुन्छ।

-लक्ष्मी बस्याल, बर्दिया

पञ्चाङ्ग ९
*****

रहर बिना टुड़्गो बिना तिमीसंग जोडिए छु म ११
कहाँ सम्म संगै हिडे कहाँनेरी बाट छोडिए छु म ११
पत्थर थियो नि मेरो मुटु गलेजस्तै लाग्छ अचेल
थाहा नपाई पत्थर बाट खैकसरि तोडिए छु म ११
आखिर हजार सपनाहरू सपनैमा गोडिए छु म ११

-दुर्गा आचार्य
खोटाङ्गेली


सम्बन्धित शीर्षकहरु

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । पाठेघरको मुखको क्यान्सर तथा…

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ। ओमानमा जारी प्रिमियर कपमा नेपाल…

प्रतिकृयाहरू
...