Saturday 8th August 2026

शीत काव्य समाज पाल्पाको अध्यक्षमा इन्दिरा ज्ञवाली


तीतोपाटी – शीत काव्य समाज पाल्पाको अध्यक्षमा कवयित्री इन्दिरा ज्ञवाली चयन हुनु भएको छ । शीत काव्य समाज नेपालको आयोजनामा पाल्पाको तानसेनमा भएको शीत कृति विमोचनको विशेष अवसरमा शीत काव्य समाज पाल्पाको गठन भएको घोषणा शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीले गरेका हुन् । समाजको उपाध्यक्षद्वयमा साहित्यकार गोविन्द खनाल र गुणवती के सी , सचिवमा सुशिल बस्याल र कोषाध्यक्षमा जानकी अधिकारी चयन भएका छन् ।

समाजका सदस्यहरूमा अायाम कार्की, सरिता रेग्मी , शोभा कडरिया , पशुपति प्रधान,अम्विका पाण्डे ,जमुना घिमिरे र कमल बस्याल रहेका छन् । सल्लाहकारहररूमा साहित्यकार कलाकार चित्रवलीराम सुवाल , नारायण प्रसाद शर्मा र रमा पन्त रहेका छन् भने संस्थागत सल्लाहकारमा चन्द्रकान्त न्यौपाने र प्रेस सल्लाहकारमा रामचन्द्र रायमाझीलाई मनोनयन गरिएको छ ।यसै गरी अाजको विशेष समारोहमा राष्ट्रिय प्रेस सल्लाहकारको रूपमा तितेपाटी डट कमका संचालक आनन्द आचार्यलाई समाजले मनोनयन गरेको छ ।

शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीको अध्यक्षतामा शीत काव्य समाज नेपाल गठन भएसंगै प्रदेश नं १ र बाग्मती प्रदेशमा प्रदेश समिति गठन भई शीतको प्रचारप्रसारमा लागिपरेका छन् । पाल्पा शीत काव्य समाज गठन हुने पहिलो जिल्ला भएको छ । शीतको जन्म पाल्पामै भएकोले यसको व्यापिकरणमा थप सहयोग पुग्नेछ । शीत काव्य समाज पाल्पाका सम्पूर्ण पदाधिकारीहरूलाई बधाई तथा शुभकामना ।


सम्बन्धित शीर्षकहरु

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाअन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा दशकौँदेखि जग्गाको स्वामित्वसम्बन्धी प्रमाणको प्रतीक्षामा रहेका स्थानीयले…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतद्वारा स्थापित ‘माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार–२०२६’ बाट पत्रकार प्रेमकुमार जिमी सम्मानित भएका छन्।…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औं स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न…

प्रतिकृयाहरू
...