Sunday 27th September 2026

कुवेतमा ५ थैलो लागु औषध (हिरोईन)सहित एक नेपाली पक्राउ


तितोपाटी- कुवेतको हवालीस्थित प्रहरीले लागुऔषध (हिरोईन) सहित एकजना नेपालीलाई पक्राउ गरेको छ ।

हवालीबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्तीको क्रममा उक्त अवैध हिरोईन सहित एक जना नेपालीलाई पक्राउ गरेको आन्तरिक सुरक्षा मन्त्रालयलाई उद्धत गर्दै अरबटाइम्सले जनाएको छ।

गस्तीको क्रममा एक खुल्ला स्थानमा कार पार्किंग गरीएको देखेपछी प्रहरीले सोही स्थानमा गइ उक्त कार भित्र रहेका चालकलाई सोधपुछ गर्ने क्रममा प्रहरीलाई शंका लागी सकेपछी पुन प्रहरीले कार भित्र खोजतलास थालेको थियो ।पछी खोज तलास गर्दै जादा पाँच थैला
हेरोइन उनको साथमा भेटिएको थियो ।

प्रहरीले शोधपुछ गर्ने क्रममा आफुले एक ग्राहकलाई पर्खिरहेको बताएका छन। बाकी घटना बारे थप अनुसन्धानका लागी लागुऔषध विभागमा पठाइएको छ।


सम्बन्धित शीर्षकहरु

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान…

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

प्रतिकृयाहरू
...