Friday 16th October 2026

संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट पाँच सय एकतीस जनाको कैद मिनाहा


तीतोपाटी – संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभिन्न कसुरमा कैद सजाय भोगिरहेका पाँच सय ३१ जनाको सजाय मिनाहा भएको छ । संविधान दिवसको अवसरमा ५ सय ३१ जना कैदीहरुलाई माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को प्रावधान अनुसार पुर्णबहादुर भन्ने किशोर भण्डारीसहित आठ जनाको कैद सजाय र हर्कबहादुर राई समेत ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरिएको जनाए ।

संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को मिति २०७८ भदौ २९ गतेको सिफारिशमा विभिन्न ठाउँमा कैदीबन्दी जीवन बिताइरहेका कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी दिएकी कार्यालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको पेशावरमा बिहीबार एक विद्यालयको छाना खस्दा ३२ बालबालिका र एक शिक्षिकासहित ३३ जनाको मृत्यु भएको छ। करिब ५० बालबालिका…

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

प्रतिकृयाहरू
...