Thursday 25th April 2024

संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट पाँच सय एकतीस जनाको कैद मिनाहा


तीतोपाटी – संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभिन्न कसुरमा कैद सजाय भोगिरहेका पाँच सय ३१ जनाको सजाय मिनाहा भएको छ । संविधान दिवसको अवसरमा ५ सय ३१ जना कैदीहरुलाई माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को प्रावधान अनुसार पुर्णबहादुर भन्ने किशोर भण्डारीसहित आठ जनाको कैद सजाय र हर्कबहादुर राई समेत ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरिएको जनाए ।

संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को मिति २०७८ भदौ २९ गतेको सिफारिशमा विभिन्न ठाउँमा कैदीबन्दी जीवन बिताइरहेका कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी दिएकी कार्यालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...