Thursday 22nd January 2026

कविता: “कृषक” -रिता खराल


बिहान उठि, कोदाली छोपी, वारी र खेतमा
गर्नु छ कर्म, नमानी सर्म,चुह्याई पसिना ।।
नेपाल प्यारो पवित्र देश उमंग भरेर,
फेर्नु छ भेष नेपाली केश संघर्ष गरेर ।।१।।

न गरी खान कस्लाई छ र हामी त किसानी
फलाई अन्न खानु है टन्न यहीँ छ निसानी ।।
देशको माया मुटुको माझ बोकेर हिड्नेछौँ
लडाइ लड्न तत्पर सधैं खुकुरी भिर्नेछौँ।।२।।

बाँच्नलाई त चाहिन्छ अन्न भण्डार थाहा छ
हामी त पर्यौँ किसान हेर्नु मुटुमा माया छ।।
जिन्दगी जान्छ हातमा फोरा उठ्दछ व्यसरी
संघर्ष गरी बढेका हुन्छौं जसरी त्यसरी ।।३।।

धानका बाला खेतमा झुले असोज महिना
कृषक हामी नेपाली सबै बढायौँ गरिमा ।।
लाग्दछ घाम पर्दछ पानी समय हिड्दछ
जे जस्तो भए पनि त सधैं किसान भिड्दछ ।।४।।

रिता खराल, रुपन्देही
गैडहवा-९ ,रुपन्देही


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...