Thursday 15th October 2026

नेपाली काव्यमा हालसम्मकै अति लघुतम उपविधा “पञ्चक” को नामाकरण


नेपाली साहित्यको कविता विधामा हालसम्मकै अति लघुतम उपविधा “पञ्चक”को हालै नामाकरण भएको छ । नेपाली साहित्यमा चटनिको स्वाद दिई बालदेखि वृद्धसम्मलाई कविता तर्फ मोहित गराउने उद्देश्यका साथ हाल सम्मकै अति लघुत्ताम उपविधा “पञ्चक” मिति २०७८साल भाद्र २४ गते हरितालिका तिजको दिन नुवाकोटको देवीघाटमा अवस्थित जाल्पादेवी मन्दिरबाट घोषणा भएको हो ।

यस बिधाको सिद्धान्त र नियमहरू यस प्रकार छन्।
१: यस बिधाको नाम पञ्चक राखिएको छ। यो पाँच अक्षरमा लेखिन्छ।
२: यो त्रिपदिय संरचनामा सुरुमा दुई बिच हरफमा एक र अन्तिम हरफमा दुई अक्षर गरि जम्मा पाँच अक्षरमा ठाडो संरचनामा लेखिन्छ।
जस्तै:- सूर्य आफै
झैं नै
चम्के लम्के
३: अर्थपूर्ण भावले ओतप्रोत काव्यिक संरचनामा लेख्नुपर्छ।

४: अनुप्रास मिलाएर वा नमिलाई पनि लेख्न सकिन्छ ।

५: र , वा जस्ता संयोजक मिलएर पनि पञ्चक लेख्न सकिन्छ। जस्तै:-
राम राधा बाबा
र र वा
सीता कृष्ण आमा

६:। ले , बाट , लाई , काे र मा जस्ता विभक्ति लागेका शब्दहरुलाई
मुल शब्दबाट अलग वा टुक्र्याउन नहुने।

७: अँ , पाे , त , के , नि , नै ,है , खै र लौ जस्ता एकाक्षेरी शब्द वा निपात
लगाएर अनुप्रास मिलाएर वा नमिलाई पनि पञ्चक लेख्न सकिन्छ।
८: यस पञ्चक विधाका विधिविधान र नियमहरू क्रमस: आउँदै जानेछन्। संपूर्ण सर्जकहरु र कविज्यूहरुलाई
पञ्चक लेख्नुहुन विनम्र अनुरोध गर्दछौ।

केहि उदाहरणहरू:-

अनुप्रास मिलेका :-

बाटो
न
घाटो

बुद्धि
न
सुद्दि

मान
न
शान

ताम
र
झाम

ताल
न
तुल

काम
न
काज

तिरी
र
मिरी

अर्ति
र
बुद्धि

ब्याज
न
स्याज

वार
कि
पार

कम
से
कम

एक
से
एक

मर्ने
कि
बाँच्ने

रुँदा
र
हाँस्दा

धोती
न
टोपी

अनुप्रास नमिलेका :-

बारी
न
बोट

ठुलो
छ
ओंठ

आफ्नै
लै
भुल

आफ्नै
लै
रोज

दिन
र
रात

तिम्रो
नै
साथ

जहाँ
छ
केरा

तहाँ
छ
डेरा

घाम
र
पानी

मान्छे
चै
सानी

साह्रै
नै
सानी

मान्छे
चै
ज्ञानी

आदि आदि।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...