Monday 30th March 2026

विप्लवको प्रश्न : अमेरिकाले दिएको ५० करोड डलरले नेपालको कायापलट हुन्छ ?


तीतोपाटी डटकम- पाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ अमेरिकाले नेपालमा जबर्जस्ती एमसीसी थोपर्न खोजेको भन्दै नेपालको राष्ट्रिय स्वतन्त्रतामा आँच आउने सो सम्झौता कुनै हालतमा स्वीकार्न नसक्ने बताएका छन्।

उनले अहिले नेपालमा एमसीसीविरुद्ध भएको आन्दोलन एउटा झिल्को मात्रै भएको पनि बताए । ‘अहिले एमसीसीविरुद्धको यो आन्दोलन झिल्को मात्रै हो, एमसीसी जर्बजस्त दलालहरूको कमिसनको लोभमा थोपर्न खोजियो भने राँको बन्छ राँको’, विप्लवले देशको माया हुने सवै नेपाली जनतालाई एकजुट हुन आव्हान गरे । ‘आउनुस्, पार्टीपाटीमात्रै होइन, एमसीसीविरुद्ध लडौ भनेर भन्दा कतिपयले पार्टीमा गारो हुन्छ भन्नुभयो । तर अव मेचीदेखि कालीसम्मका सवै जनता एक ढिक्का हुनेछन् र कुनैपनि मुल्यमा एमसीसी थोपर्न दिनेछैनौ’, विप्लवको दावी छ ।

सोमबार एमसीसीविरुद्ध अयोजित विरोध सभालाई सम्बोधन गर्दै विप्लवले एमसीसी नेपालको राष्ट्रिय हित विरुद्ध र अमेरिकाको सुरक्षाका पक्षमा भएको बताए ।‘अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि नेपालमा एमसीसी लागु गर्ने भनिएको छ । कानुनी ढंगले अमेरिका नै माथि हुने, सुरक्षा पनि उसैले गर्ने त्यस्तो प्रावधान राखिएको छ’, विप्लवले लप्सेफेदीदेखि सुनौलीसम्म सुरक्षा गर्ने नेपालमा प्रहरी र सेना छैनन ? भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्रीदेखि कतिपय मन्त्रीले एमसीसीको पैसाले सम्बृद्धि हासिल गर्न नसकिने अमेरिकाले दिएको ५० करोड डलरले के नेपालको कायापलट हुन्छ ? भन्दै सत्तापक्षलाई प्रश्न गरे ।

उनले नेपाली जनताको आकांक्षा र नेपालको स्वाभिमान छिन्न खोजिएको भन्दै नेपाली जनताले आफ्नो परिश्रमबाट जन्मेको सत्ता खोजेको बताए । उनले खर्बौं रकम भ्रष्टाचार गर्ने राज्यसत्तामा बस्नेहरूले एमसीसीले विकास हुन्छ भनेर गलत चर्चा गरिरहेको बताए । उनले राज्य पक्ष भ्रष्टाचार नियन्त्रण गर्नुको साटो विदेशीहरुको पाउ मोल्न लागि परेको आरोप समेत लगाए ।

उनले आफुहरु जनताप्रति प्रतिवद्ध भएको र विगतमा समेत सत्य र न्यायको पक्षमा आवाज उठाएको र अझै जनताको अधिकारको लडाइका लागि लडिरहने बताए । उनले आफुसँग भएको सहमति इमान्दारपूर्वक लागु गर्न सरकार पक्षलाई चेतावनी दिए । ‘हामी जनताको अधिकार चाहान्छौँ, स्वाधीन राष्ट्रका लागि लडिरहेका छौ । सत्यलाई दवाउन तरवार र बन्दुक चलाइएको छ तर बन्दुक र तरबार जनताका अगाडि केही पनि होइनन् । जनता भनेका आमा जस्तै हुन्’, उनले न्याय र सत्यको बाटोमा लगातार हिँड्ने बताए ।

उनले जयसिंह धामीलाई दिनदहाडै भारतले हत्या गरेको भन्दै नागरिकले राज्य नै नभएको महशुस भएको बताए । ‘जनताले राज्य नै नभएको महशुुुस गरेका छन, मन्त्रीहरुलाई कमिसन आयो आएन भन्ने चिन्ता छ’, उनले सुँगुरले खाएझै कमिसन खाइरहेको बताए ।

साभार-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...