Monday 21st September 2026

गुल्मीको रुपाकोटमा आफन्तबाटै एक व्यक्तिको हत्या


तीतोपाटी डटकम-गुल्मी । गुल्मीको रुपाकोट गाउँमा केही दिन अघि भएको हत्याको एक घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–७ बतासे बस्ने ४८ वर्षीय शिवबहादुर पुलामीको गत बिहीबार कुटपिटबाट हत्या भएको थियो ।

उनलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय हिमबहादुर पुलामी र सत्यवती गाउँपालिका–३ बस्ने २१ वर्षीय हिमाल राहडीलाई प्रहरीले पक्राउ गरेको हो । कुटपिट भएको सूचना पाएपछि मजुवा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । कुटपिटपछि घाइते भएका शिवबहादुरलाई उपचारका लागि मजुवा ल्याइएकोमा उनको मृत्यु भएको थियो ।

कुटपिटमा संलग्नहरुलाई आइतबार साँझ पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । स्थानीय बासिन्दा रेशम भण्डारीका अनुसार कुटपिट गर्ने पुलामी मृतकका आफ्नै भतिजा हुन् भने राहडी मृतकका साढुभाइ हुन् ।

एसपी भट्टराईका अनुसार भदौ २३ गते पनि आरोपित दुई जना र मृतक शिवबहादुरबीच विवाद भएको थियो । २४ गते पनि उनीहरुबीच विवाद बढेर कुटपिट भएको उनले जनाए ।

साभार-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

युनिसेफको प्रतिवेदनअनुसार पाकिस्तानमा प्रत्येक वर्ष करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहार वा शोषणको जोखिममा पर्ने गरेका छन्। सामाजिक लाज,…

काठमाडौं — नेपाल र साउदी अरबबीच हवाई यातायात सेवा प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यले सोमबार काठमाडौंमा द्विपक्षीय सम्झौता भएको छ।…

प्रतिकृयाहरू
...