Sunday 20th September 2026

गजल-गोमा कुमाल


के हुन्छ र प्यारो बचपन भन्दा
ती बा आमाको आँगन भन्दा ।

तिमी दिलमा बसेकोले होला
केही प्यारो छैन धड्कन भन्दा ।

यो संसार तिमीलाई दिन सक्छु
बस् मलाई प्यार देऊ धन भन्दा ।

हुन त मुहार चाँदनी झैँ छ तिम्रो
अरु खास लाग्दैन नयन भन्दा ।

यो दिलमा ढुक्कले रहन सक्छौ
त्यो इन्द्र बस्ने सिहासन भन्दा ।

-गोमा कुमाल
माथागढी-२ पाल्पा, लुम्बिनी प्रदेश


सम्बन्धित शीर्षकहरु

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शनिबार उत्तर एटलान्टिकमा रहेको फ्रान्सको सानो भूभाग सेन्ट पियरे एन्ड मिकेलोन भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा…

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल…

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

प्रतिकृयाहरू
...