Saturday 18th May 2024

तिजको अन्तिम दिन आज ऋषिपञ्चमी मनाइँदै


नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीज मनाइ सकेर आज ऋषिपञ्चमीको पूजा गरिँदै छ। आज ऋषिपञ्चमीको पूजा गरेपछि हरितालिका तिज सकिन्छ ।

हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्त्व पनि जोडिएको छ। नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका ‘पाप’हरूबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमीको व्रत गर्ने परम्परा छ। शास्त्रमा भनिएको ‘पाप’लाई आधुनिक समयमा भने ‘गलत क्रियाकलाप’का अर्थमा पनि बुझिने गरेको छ।

आजको दिन महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा गई दतिवनले दाँत माँझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरुन्धतीसहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दान, दक्षिणा आदि दिने प्रचलन छ।

कतैकतै भने तीजको दिनदेखि ब्रत बसेर पूजा गरी, चतुर्थीको दिन पनि ब्रत बसेर ऋषिपन्चमीको दिन ब्राह्मण बोलाई वा समूहमा जम्मा भई विधिपूर्वक अरुन्धतीसहित सप्तऋषिहरूको पूजा गरी गुरु पुरोहितहरुद्वारा तीजको कथा, चौथी दोषको कथा र ऋषिपञ्चमीको कथा श्रवण गर्ने चलन छ।

 

 


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...