Friday 16th October 2026

तिजको अन्तिम दिन आज ऋषिपञ्चमी मनाइँदै


नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीज मनाइ सकेर आज ऋषिपञ्चमीको पूजा गरिँदै छ। आज ऋषिपञ्चमीको पूजा गरेपछि हरितालिका तिज सकिन्छ ।

हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्त्व पनि जोडिएको छ। नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका ‘पाप’हरूबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमीको व्रत गर्ने परम्परा छ। शास्त्रमा भनिएको ‘पाप’लाई आधुनिक समयमा भने ‘गलत क्रियाकलाप’का अर्थमा पनि बुझिने गरेको छ।

आजको दिन महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा गई दतिवनले दाँत माँझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरुन्धतीसहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दान, दक्षिणा आदि दिने प्रचलन छ।

कतैकतै भने तीजको दिनदेखि ब्रत बसेर पूजा गरी, चतुर्थीको दिन पनि ब्रत बसेर ऋषिपन्चमीको दिन ब्राह्मण बोलाई वा समूहमा जम्मा भई विधिपूर्वक अरुन्धतीसहित सप्तऋषिहरूको पूजा गरी गुरु पुरोहितहरुद्वारा तीजको कथा, चौथी दोषको कथा र ऋषिपञ्चमीको कथा श्रवण गर्ने चलन छ।

 

 


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...