Saturday 22nd August 2026

माधव नेपाल समुहको पूर्व प्रवासी नेपाली मञ्च कुवेत नेकपा(एस) निकट प्रवासी मञ्चमा समाहित


तीतोपाटी – प्रवासी नेपाली एकता मञ्च कुवेतको सचिवालय बैठकले माधव नेपाल समुहको पूर्व प्रवासी नेपाली मञ्च कुवेत नेकपा(एकिकृत समाजवादी) निकट प्रवासी मञ्चमा समाहित गर्ने निर्णय गरेको छ । प्रवासी नेपाली मञ्च कुवेत(माधव नेपाल समुह)का अध्यक्ष युवराज गैरेको सभाध्यक्षतामा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

सम्पुर्ण सचिवालय कम्रेडहरुको उपस्थितमा सम्पन्न भएको बैठकमा पार्टी भित्र कम्युनिष्ट आन्दोलन बिरोधी,स्वेच्छाचारी, दम्भ अहंकार चरम गुटबन्दी वा प्रवृत्ति माैलाएको र कम्युनिष्ट आन्दोलन कमजोर हुँदै देश र जनता माथि कुठाराघात हुँदै जाने परिस्थिति निर्माण हुँदै गइरहेको र यो आन्दोलन बचाउन कम्रेड माधाब नेपालले नेतृत्व गर्नु भएको नेकपा एस नै अबको विकल्प हुने विषयमा सबैको एकमत भए पछि माधब नेपाल निकट प्रवासी नेपाली एकता मञ्च कुवेतको आज बसेको सचिवालय बैठकको निर्णय अनुसार सिङ्गो प्रवास कमिटी नै सर्वसम्मतिका साथ नेकपा (एकीकृत समाजवादी)मा रुपान्तरण भएको हो ।

सचिबालयको बैठकले गत ८ सेप्टेम्बरका दिन कुवेतको एयरपोर्टमा कामको शिलशिलामा भएको दुर्घटनामा परि दुइ जना नेपाली श्रमिकको दुःखद निधन भएको घटना प्रति गहिरो दुःख ब्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको थियो भने उक्त दुर्घटनाका घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेको थियो ।

सबै पदाधिकारी सहयोद्दा कमरेडहरूको उपस्थिति सहित अध्यक्ष कम्रेड युवा राज गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव कमरेड देब शम्सेर घिसिङले संचालन गरेका थिए । अगामी दिनम प्रवासबाट विभिन्न संघ संस्थाहरुसँग हातेमालो गर्दै पार्टीलाई जनता माझ स्थापित गर्न प्रवासबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अर्को बैठक छिट्टै बस्ने निर्णय सहित बैठक सम्पन्न भएको छ।

“विश्व भरी छरिएर रहेका श्रमिक मजदुर एक हौ।”
नेपाल कम्युनिष्ट पार्टी( एकीकृत समाजवादी) जिन्दावाद!


सम्बन्धित शीर्षकहरु

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

प्रतिकृयाहरू
...