Wednesday 15th July 2026

तोयानाथ सुवेदीको कुशे औंसी विशेष एक पाञ्चायन पञ्चाङ्ग


“पाँच तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”

पाञ्चायन


पिताले जन्माए र त भुवनमा डुल्दछु सधैं।
पढाएथे राम्राे तब वचनमा खुल्दछु सधैं।
पढेँ डिग्री राम्राे सबल पनि भै आउन गएँ।
त्यसैले ज्ञानी भै छल कपटले फुल्दछु सधैं ।
सबै बिर्सेँ ऐले किन किन पिता भुल्दछु सधैं।

पिताजीले जन्माएर देह पाएँ मैले।
ब्रह्माण्डका सारा वस्तु देख्न आएँ मैले।
मलाई नै हुर्काउन कति दुःख गरी।
उहाँले नै कमाएकाे धन खाएँ मैले।
जे दिनु भाे नाङ्गो हुँदा त्यही लाएँ मैले।

छाेरा छाेरी यदि हुन गए केही हाेला कि भन्दै।
साेच्दै ज्ञानी असल मनकाे बन्छ भाेला कि भन्दै।
यस्तै बिन्ती प्रभु चरणमा गर्दछन् भक्ति साथ।
लाला बाला यदि हुन गए भित्र राेला कि भन्दै।
पढ्दै बढ्दै असल मनले दिन्छ पाेला कि भन्दै।

चाेखाे शुद्ध वनस्पति कुश मान्छाै हामी।
भित्र्याउन भने सधैं औंसी छान्छाै हामी।
त्यसैले त कुसे औंसी नाम राखे यहाँ।
कुश काट्दा नयाँ हरियाे नै तान्छाै हामी।
पवित्र भै कुश भित्र्याउदै खान्छाै हामी।

माेतीराम थिए अरे गजलका,भाेका र प्यासा सधैं।
लेख्थे भाव अनन्त प्रेम रसका,राम्रा र खासा सधैं ।
आजैका दिनमा धरा जगतमा,जन्मेर आए अरे।
तुर्केली अनि फारसी गजबले,हानेर पासा सधैं ।
सम्झन्छन् जहिल्यै यसै दिन सदा,माेती र लासा सधैं।

 

ताेयानाथ सुवेदी
२०७८/०५/२३


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी। कुवेतको रक्षा मन्त्रालयले इरानसँगको जारी तनाव सुरु भएयता आफ्नो वायु रक्षा प्रणालीले ठूलो संख्यामा मिसाइल र ड्रोन आक्रमण…

इरानका प्रमुख वार्ताकार गालिबाफ : ‘युद्ध चाहँदैनौँ, तर राष्ट्रिय सुरक्षाका लागि अन्तिमसम्म लड्न तयार छौँ’ तेहरान। इरानका प्रमुख वार्ताकार मोहम्मद…

रियाद/साना। यमनका हुथी विद्रोही र साउदी अरबबीचको तनाव फेरि बढ्दै गएको छ। पछिल्ला वर्षहरूमा हुथीहरूले साउदी क्षेत्रलाई लक्षित गर्दै ड्रोन…

प्रतिकृयाहरू
...