Sunday 20th September 2026

सीता बिष्ट कार्की ( सीबिका)का ‘बा’ विशेष आधा दर्जन षड्ऋतुहरु


१)भदौरे औंशीमा
बसेर कौसीमा
बाबा सम्झेकी छु
मुख हेर्ने दिन
श्रद्धाले झुकेर
आशिक लिनेछु ।

२)हे बाबा तिमी नै
घरको हौ खम्बा
बलियो आधार
तिम्रो त्यो सपना
हामी सन्तानले
पार्नेछौ साकार

३)संझना आउँछ
बयली खेलेको
ती भिरपाखामा
बाबाको काँधमा
चढेर घुमेको
खेलेर काखामा

४)कर्तव्य संझेर
सदभाव राखी
ममता पोखेर
सम्मान गरौ है
भगवान संझी
उज्वल छरौ है ।

५)भगवान पिता
गीताका हुन् श्लोक
सेवाले नै हुन्छ
आनन्द र सुख
राखौ है पुजेर
नदिऊ है दुख

६) बाआमा घरमा
कोरोना डरमा
अहिले आइन
नरुनु है बाबा
आराधना गरे
आमा छन् साथमा ।
आराधना गर ।

सीता बिष्ट कार्की ( सीबिका)
काठमाण्डौ


सम्बन्धित शीर्षकहरु

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल…

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

अत्याधुनिक चिकित्सा प्रविधि र दक्ष चिकित्सकको टिम: पारस मल्टिस्पेसियालिटी हस्पिटलमा बढ्दै बिरामीको विश्वास -गुलाम नवि मन्सुर विराटनगर, पछिल्लो समय विराटनगरस्थित…

प्रतिकृयाहरू
...