Saturday 23rd May 2026

खाेरिया साहित्य सिर्जना प्रतिष्ठानकाे आयाेजनामा तिज गीत महोत्सव


खाेरिया साहित्य सिर्जना प्रतिष्ठानकाे आयाेजनामा नेपाली महान चाड तिज पर्वकाे उपलक्ष्यमा २०७८ भाद्र १८ देखि २२ गते सम्म पाँच दिवसीय तिज गीत महाेत्सव भव्यताका साथ सम्पन्न भइरहेकाेछ । हरेक दिन देश विदेशबाट २५ जना सहभागी हुने भनिएता पनि सहभागीकाे उत्साह र अनुराेधलाइ स्वीकार गरी निर्धारण गरिए भन्दा बढी सहभागिताकाे खुशी आयाेजकलाइ प्राप्त भइरहेकाे खाेरिया प्रवर्तक एबं खाेरिया साहित्य प्रतिष्ठान अध्यक्ष जनार्दन अधिकारीले बताउनु भयाे ।

नेपाली लाेक साहित्यकाे सम्वर्धन,संस्कृतिकाे पहिचाहन भन्ने मूल उदेश्यका साथ तिजका नयाँ नयाँ भाका लिएर वर्तमानकाे काेराेना कहर,व्यङ्ग्य सहितका गीत रचनाहरु सँग रमाउन पाएकाेमा सहभागीहरूले खुशीकाे नदी बगेकाे कुरा व्यक्त गर्नु भएकाेछ । तिज गीत महाेत्सव शाेभा कडरिया काेइराला ज्यूकाे संयाेजनमा भव्यताका साथ संचालन भइरहेकाे छ।पहिलाे दिन खाेरिया साहित्य सिर्जना प्रतिष्ठान अध्यक्ष जनर्दन अधिकारी धड्कनकाे अध्यक्षता,बरिष्ठ नारि स्रष्टा ललिता खरेल दाेषि ज्यूकाे प्रमुख आतिथ्यता र सुधा बास्काेटा ढकालकाे उद्धघाेषण रहेकाे थियाे ।

दाेस्राे दिन सुधा बास्काेटा ढकालकाे अध्यक्षता,गंगा लिगल ज्यूकाे प्रमुख आतिथ्यता र शाेभा कडरिया ज्यूकाे उद्धघाेषण रहेकाे थियाे ।

तेस्राे दिन २०७८/५/२० शाेभा कडरिया ज्यूकाे अध्यक्षतामा डा,बम बहादुर थापा जितालिकाे प्रमुख आतिथ्यता र सिता पाण्डे अधिकारीकाे उद्घाेघाेषणमा भव्य रूपमा सम्पन्न भएकाे थियाे ।
खाेरिया याे साहित्य अाउनु भयाे हजुर
बरिलै स्वागत गर्दछु,
खाेरियाकै विधामा तिज गीत गाउनुभाे,
बरिलै मनमा खुशी भर्दछु ।
अध्यक्ष धड्कनकाे याे गीतबाट हरेक श्रृङ्खलाकाे शुभारम्भ हुने गर्दछ ।तेस्राे दिनकाे सहभागीतामा जनार्दन अधिकारी धड्कन,डा,बम बहादुर थापा,गंगा लिगल,लक्ष्मी प्रसाद मिश्र,शाेभा कडरया,सिता पाण्डे,सिता विष्ट कार्की,चन्द्रावती अधिकारी,चन्द्रा न्याैपाने,जानुका थापा,कल्पना देवकाेटा,शुरेश घिमिरे,अनमाेल शर्मा,सविता वाग्ले,गंगा अभिलाशी,विनुबाबा घिमिरे,निरा गाैतम,सरस्वती श्रेष्ठ,टेक बहादुर लाैडारी,घनश्याम पाैडेल,सिर्जना अधिकारी,सिर्जना खनाल,सरस्वती श्रेष्ठ(रुपन्देही)शाेभा खनाल,रविना अधिकारी,रमा अाचार्य,देवी प्रसाद शर्माले आफ्ना तिज गीतहरू सुमधुर भाकामा गाउँनु भएकाे थियाे ।

प्रमुख अतिथि थापाले याे महाेत्सवले लाेक सस्कृति र साहित्यकाे सरक्षण र विकासमा ठुलाे याेगदान पुर्याएकाे उल्लेख गर्नुभयो । अध्यक्ष धड्कनले वर्तमान नारीहरु शिक्षित भएकाले पहिले जस्ताे सासु बुहारीकाे झगडा पारिवारिक बेदना, माइत जान नपाएका गुनासाहरू तिज गीतमा समाबेश नभइ काेराेना कहर,देश, सिमाना र शासन व्यवस्थाका कम्जाेरी प्रतिका समसामयिक प्रस्तुतिले साच्चै रसमय बनाएकाे उल्लेख गर्नु भयाे । शाेभा कडरियाले सहभागीहरू सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु हुँदै तेस्राे दिनकाे कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले शीर्षस्थानमा रहेको अमेरिकाविरुद्ध शानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई…

लुलु हाइपरमार्केटले आफ्नो बहुप्रतिक्षित मौसमी प्रमोशन, Mango Mania 2026, अल-राई शाखामा आधिकारिक रूपमा सुरु गरेको छ, जसले कुवेतभरिका खरिदकर्ताहरूलाई संसारकै…

तितोपाटी- केन्द्रीय चलचित्र जाँच समितिको अङ्ग्रेजी नाम परिवर्तन भएको छ । यसअघि अंग्रेजीमा ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ लेखिँदै आएकोमा…

प्रतिकृयाहरू
...