Friday 11th September 2026

तालिवान लडाकुद्वारा गर्भवती प्रहरीको हत्या


तीतोपाटी – अफगानिस्तानमा तालिवान लडाकूले एक गर्भवती प्रहरी अधिकारीको  हत्या गरेका छन्। अफगानिस्तानमा महिलाविरुद्ध बढ्दो हिंसाका खबरबीच पछिल्लो हत्या सार्वजनिक भएको हो ।

मध्ये घोर प्रान्तको राजधानी सहर फिरोजकोहमा घरमै पुगेर बानु नेगार नाम गरेकी ती महिलाको तालिवान लडाकूले हत्या गरेका हुन्। आफन्तकै अगाडि महिलाको हत्या भएको जनाइएको छ।

एउटा स्थानीय जेलमा काम गर्ने नेगार आठ महिनाकी गर्भवती थिइन्। शनिबार तीन जना बन्दूकधारी उनी बसेको घरमा पुगेका थिए। आक्रमणकारीले अरबी भाषा बोलेको साक्षीले बताएका छन्।

नेगारलाई तालिवानले शनिबार श्रीमान र सन्तानकै अगाडि नै कुटेर हत्या गरेका थिए। आफन्तले हत्या गरिएको कोठाको भित्तामा लतपतिएको रगतको टाटाको तस्बिर सार्वजनिक गरेका छन्।

नेगारको हत्यामा आफ्ना लडाकूहरुको संलग्नता नभएको र त्यसबारे अनुसन्धान भइरहेको तालिवानले जनाएको छ। तालिवान प्रवक्ता जाबिउल्लाह मुजहिदले भने, ‘घटनाबारे हाम्रो चासो बढेको छ। उनको हत्यामा तालिवानको संलग्नता नरहेको म प्रष्ट गर्न चाहन्छु। यसबारे अनुसन्धान भइरहको छ।’ पूर्वअफगान सरकारमा काम गर्ने सबै जनालाई आममाफी दिइसकेको उल्लेख गर्दै उनले नेगारको हत्याको कारण व्यक्तिगत दुस्मनी हुन सक्ने बताए।

१५ अगस्टमा काबुल कब्जामा लिएपछि तालिवानले महिलाप्रति केही सहिष्णु बन्ने घोषणा गरे पनि उनीहरूका गतिविधि झनै पाशविक देखिएको छ। लडाकूले महिला हत्याका घटना र अल्पसंख्यकमाथिको दमन बढेको बताएका छन्।

-नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...