Wednesday 21st January 2026

संखुवासभामा अज्ञात समुहद्वारा एकै परिवारका ६ जनाको हत्या


तीतोपाटी – संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ । अज्ञात समूहले आइतबार राति धारिलो हतियार प्रयोग गरी स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

छिमेकीले सोमबार बिहान मात्र घटना भएको थाहा पाएपछि प्रहरीलाइ खबर गरेका थिए । हत्या भएकाहरूमा ५८ वर्षीय तेजबहादुर कार्कीसहित उनकी आमा ८० वर्षीया पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको प्रहरीले जनाएको छ । मृतकहरुको शव घर वरिपरि फालिएको अवस्थामा भेटिएको छ । तेजबहादुरका बुवा ८९ वर्षीय बौद्धमान कार्की भने सकुशल रहेको प्रहरीले जनाएको छ। रञ्जनाका श्रीमान् रमेश कार्की हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका छन् ।

घटनाको थप विवरण बुझ्न डीएसपी सुवेदीसहितको प्रहरी टोली घटनास्थलतर्फ गएको छ । सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न कम्तीमा ६ घण्टा लाग्ने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाको टोली भने घटनास्थल पुगेको छ ।

 

 


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...