Sunday 5th May 2024

राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न


तीतोपाटी – १४ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ । विश्व नेपाली साहित्य प्रतिष्ठान गुल्मीको आयोजनामा ‘सवल समाजको आधार – सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने आदर्श वाक्यका साथ गत मंगलबार अनलाइन भर्चुअल माध्यमबाट रचना वाचन कार्यक्रम गरिएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि विश्व नेपाली साहित्य प्रतिष्ठान केन्द्रीय समिति अध्यक्ष जनार्दन अधिकारी धड्कनले नेपाली साहित्यको विकासका लागि प्रतिष्ठान अगाडि बढिरहेको बताए । उनले विश्व साहित्य प्रतिष्ठानका माध्यमबाट अहिले साहित्यप्रेमी एकजुट भई अगाडि बढ्नमा बल पुग्ने बताए ।

यस्तै सल्लाहकार शशि पन्थीले अहिले पछिल्लो पुस्ता पनि साहित्यमा संगठित भई लागेको प्रति धन्यवाद ज्ञापन गरे । त्यस अवसरमा विशेष अतिथि केन्द्रीय महासचिव शिव खनाल, प्रदेश अध्यक्ष भावना खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरि सल्लाहकार मित्रप्रसाद गौतम, लक्ष्मी प्रसाद मिश्र, चन्द्रावती अधिकारी, लगायतले रचनावाचन गरेका थिए भने पिकराज जोशीले स्वदेशगान प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यिक व्यक्तित्व भुवन प्रसाद अर्याल, पदम प्रसाद पाण्डे, अर्जुन भुसाल, रामप्रसाद श्रेठ तथा कार्य समिति सदस्यहरुको आतिथ्यता एंव सहभागिता रहेको थियो ।

विश्व नेपाली साहित्य प्रतिष्ठान गुल्मीका अध्यक्ष मन बहादुर खत्री ( मनु) को अध्यक्षता, उपाध्यक्ष लक्ष्मणप्रसाद रिजालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सहसचिव मनु मनसुनले गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...