Thursday 15th October 2026

दामोदर ढकाल ‘दीपक’का तीन षड्ऋतुहरू


जाडोको याममा
बसेर घाममा
खाएको बदाम
सम्झी म हैरान
फर्केलान् ती दिन
सम्झन्छु खै किन ? १।

प्रमिल कुरामा
भुलिन्थ्यो युवामा
गोघूलि साँझमा
दाैतरी माझमा
हातको सिरानी
सम्झदा कहानी ।२।

भावना उर्लिन्थ्यो
कविता नि फुर्थ्यो
रमिन्थ्यो नाचिन्थ्यो
सुसेली गाइन्थ्यो
पात बजाएर
वनै थर्काएर ।३।

 

-दामोदर ढकाल दीपक
भोजपुर ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...