Thursday 22nd January 2026

दाङ र पोखरमा बाढी तथा पहिरोमा परि ७ जनाको मृत्यु


दाङको सिस्ने खोलामा आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार सिस्नेखोला तर्नेक्रममा कार खोलाले बगाउँदा उक्त घटना भएको हो ।

सिस्ने खोला घोराही लमही सडकखण्ड अन्तर्गत पर्छ । गएराति करिब १० बजेको समयमा ५ जना सवार प्र ३०१२४ च ४४४० नम्बरको कार नेपालगञ्जबाट घोराही जाँद गर्दा खोलामा आएको बाढीले बगाएको प्रहरीको भनाइ छ ।

मृत्यु हुनेमा घोराही १३ का वर्ष ३२ कि शुसिला श्रेष्ठ, १४ निवासी वर्ष २९ कि राधिका कुवर, घोराही १३ बस्ने बर्ष ४० की रितामाया पुन र घोराही १४ कि ४० वर्षीया बिमला केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त कारका चालक घोराही १५ का ४३ वर्षका नरबहादुर पुनको भने घटनास्थलदेखि १ किलोमिटर टाढा खोलामा बगिरहेको अबस्थामा उद्धार गरिएको प्रहरीको भनाइ छ । उनको खुट्टामा गम्भीर चोट लागेको प्रहरीको भनाइ छ ।

त्यसै गरि पोखरामा अविरल वर्षाका कारण पहिरीमा परेर तीन जनाको मृत्यु भएको छ । पहिरामा एक बालक बेपत्ता हुनाका साथै चार जना घाइते भएका छन् ।

लगातारको वर्षापछि गए राति आएको पहिराले घर पुरिँदा पोखरा महानगरपालिका–२० भलाममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घरधनी ४५ वर्षका कृष्ण श्रेष्ठ र उहाँकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङ रहनुभएको छ । पहिरामा परी उनीहरूका तीन वर्षीय छोरा सन्तोष बेपत्ता छन् भने घाइते आठ वर्षीय राजकुमारको मणिपाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

त्यसैगरि पोखरा–११ भञ्ज्याङ नमूना टोलमा पहिराले घर परिँदा घाइते ४२ वर्षीय लक्ष्य नेपालीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरामा परी घाइते भएका दुई जनाको उक्त अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार पोखरा–११ काँहुमा पहिराले घर पुरिँदा एकैघरका तीन जना घाइते भएका छन् ।

अहिले घटनास्थलमा स्थानीय बासिन्दा, प्रहरी र विभिन्न सङ्घ संस्थाको सहयोगमा उद्धार कार्य भइरहेको छ ।

-न्यूज २४ नेपाल


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...