Thursday 15th October 2026

गुम्बा प्रमुखबाट गुम्बा भित्रै याैन कृयाकलाप


तीतोपाटी – रामेछापको उमाकुण्ड गाउँपालिका–३ स्थित ङग्युर पल्युल छेवाङ छोलिङ गुम्बाभित्र अवैध यौन क्रियाकलाप गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।

गुम्बाभित्र यौन क्रियाकलाप गर्ने उक्त गुम्बाका प्रमुख ६२ वर्षीय सर्की शेर्पा र २४ वर्षीया सन्तोषी सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो । भदौ १४ गते बौद्ध धर्मवालम्बीहरुको पवित्र धार्मिकस्थल गुम्बाभित्र आपतिजनक यौन क्रियाकलाप गरिरहेको अबस्थामा स्थानीयले फेला पारेका थिए ।

स्थानीयले खबर गरेसँगै दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । धार्मिक स्थलभित्र गैरकानुनी रुपमा यौन क्रियाकलाप गर्ने शेर्पा र सुनुवारलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सार्वजनिकस्थल गुम्बाभित्र साँस्कृतिक मूल्य– मान्यता, सामाजिक सदाचार र नैतिकता बिपरीत अमर्यादित अपराधिक यौन क्रियाकलाप गरेको हुँदा मुलुकी अपराध संहिता २०७४ को दफा १२३ (१) बमोजिम सार्बजनिकस्थलमा यौन क्रिया गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप भई अनुसन्धान काम भइरहेको छ ।

यो खबर अाजको न्यूज २४ नेपालमा प्रकाशित छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...