Saturday 15th November 2025

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ६८ औं काव्य श्रृंखला(तिज विशेष) भव्य रूपमा सम्पन्न


सुधा बास्कोटा ढकाल – चन्द्रागिरि साहित्य प्रतिष्ठानकाे ६८ औं काव्य श्रृङ्खला (तिज विशेष) आज २०७८ भाद्र १७ गते बुधबारको दिन भव्य रुपमा सम्पन्न भएको छ ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षतामा,बरिष्ठ साहित्यकार प्राज्ञ मन्जु काँचुली तिवारी ज्यूकाे प्रमुख आतिथ्यता एबं डा बम बहादुर थापा ‘जिताली’, कलानिधि दाहाल, ललिता दाेषीको विशिष्ठ आतिथ्यतामा अनी सुधा बास्काेटा ढकालकाे उद्घाेषणमा ६८औं तिज विशेष श्रृङ्खला ३९ जना साहित्यकारकाे सहभागितामा भव्य रुपामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा पूर्ण पन्त, निर्मल पराजुली, भावना खनाल, शाेभा कडरिया, राधिका गुरागाई, शारदा आचार्य, सुष्मा वराल, सिता देवी पाण्डे, स्वीकृति वराल, टेक बहादुर लाैडारी, लक्ष्मी प्रसाद मिश्र, चन्द्रावतीअधिकारी, द्वारिका कुईकेल, उर्मिला पन्त, दुर्गा अधिकारी भमरकाेटे, चन्द्रा न्याैपाने, कल्पना देवकाेटा, चुडा निर्भिक, वीर बहादुर लाेहनी, लक्ष्मी बस्याल, मन्जु घिमिरे, निरु गाैतम, पद्मा रिजाल(बाँके), जानुका थापा, गंगा अभिलाषी, यज्ञ सुवेदी, विनु बाबा घिमिरे, शाेभा पाण्डे, सरस्वती श्रेष्ठ लगायत साहित्यकारहरूले आ-आफ्ना तिज विशेष रचना खाेरिया, कविता र मुक्तक रचना वाचन गरी सम्पन्न गरिएकाे थियाे ।

प्रमुख अतिथि तिवारीले तिजकाे कुरा गर्दा शिवजीकाे उपासनासँग पनि सम्वन्धित छ । उपासनाबाट सिर्जनात्मक शक्ति, ज्ञान शक्ति, इच्छा शक्ति, कृया शक्ति प्राप्त गर्न सकिनेछ भन्नु हुँदै चन्द्रागिरीले कति साहित्यकारहरूलाई साहित्यिक कलममा अभ्यस्त बनाएर उत्कृष्ठ बनाएकाे छ भन्नु भयाे । कलानिधि दाहालले चन्द्रागिरीकाे याे कार्यक्रम सँधै ज्यादै उत्कृष्ठ,रसमय बनेकाे बताउनु भयाे ।बरिष्ठ साहित्यकार बम बहादुर थापा “जिताली’ले चन्द्रगिरीकाे यस विधागत गरिएकाे कार्यक्रम फलदायी रहेकाे उल्लेख गर्नु भयाे । कलानिधि दाहालले राज्य निरङकुस हुँदा व्यङ्ग्यकाे अर्थ रहन्छ भन्नु हुँदै साहित्यको माध्यमबाट निरंकुशता ढाल्नु पर्छ भन्नुभयो ।

कार्यक्रमकाे अन्त्यमा अध्यक्ष जनार्दन धड्कनले चन्द्रगिरिले विधागत,विषयगत,र पर्व विशेष गाेष्ठी गर्दै आएकाेमा साहित्यकार ज्यूहरू त्यही अनुरुप रचना लिएर जाेडिनु भएकाेमा खुशी व्यक्त गर्नु भयाे । खाेरिया प्रवर्तककाे हैसियतले तिज भाकामा खाेरिया उत्कृष्ट भएकाेमा कलम चलाउनु हुने सबै प्रति बधाइ ज्ञापन गर्नु हुँदै समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

प्रतिकृयाहरू
...