Sunday 12th April 2026

सर्लाहीको मलंगवामा २२ किलो गाजा सहित एक जना पक्राउ


किसन साह ,सर्लाही, भदो १६ गते ,बुधबार – सर्लाहीको मलंगवामा २२ किलो गाजा सहित एक जना पक्राउ परेका छन् ।

मलंगवा नगरपालिका वडा न-९ स्थित पोखरी बोर्डर एरियामा गस्ती गरिरहेका सशस्त्र प्रहरीको गस्ती टोलीले बिहानको समयमा सोही ठाउँ बस्ने २४ वर्षीय स्थानीय युवक ललित कुमार महतोलाई २२ किलो गाँजाको २ वटा पोका बनाएर टाउकोमा बोकेर भारत तर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको जनाइएको छ।

एक जना ब्यक्तिले दुइ वटा पोका त्यो पनि निकै कसिलोसँग बाँधेर टाउकोमा बोकेर भारत तर्फ जाँदै गर्दा शंका लागेर चेक जाँच गर्दा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाले उक्त व्यक्तिले बोकेर लैजादै गरेको पोकोबाट २२ किलो अवैध गाँजा बरामद गरेको हो।  बरामद गरेको गाँजा सहित महतोलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाइएको छ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...