Thursday 15th October 2026

लक्ष्मी स्मृतिको एक डाली कोपिला


कोपिला
###

१
कता कता छुनु भन्नुस् न
जता हेर्यो उतै चोट छ देशमा
कराउनु कि रुनु भन्नुस् न।
२
नदी तर्दा तर्दै खसाईदिन्छन्
हेप्ने पनि कति हो सिमा छैन छिमेकीको
सारा दुनियाँ नै हसाईदिन्छन्।
३
अनौठो यहाँ के भयो कुन्नि
हिजोसम्म मनोरम,आजकल फिका छ वन
न्याउली चरी कता गयो कुन्नि
४
बश्त्र घटेर एक दुई बित्ता बन्दैछन्
संस्कार पनि पोलेरै खाएको हो कि समाजले
मन खण्डित भै कित्ता कित्ता बन्दैछन्।
५
आफुले लाएकै चट्टी बिर्सनेहरुले
यो समाज परिवर्तन गर्छन कसरी पो पत्याऊँ
जन्म दाता अनि मट्टी बिर्सनेहरुले।

© लक्ष्मी स्मृति, बिराटनगर-५


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...