Thursday 22nd January 2026

दिप्त बस्नेतको कविताः ” देश भित्र नारी”


कति हुन्छ सहनशीलता नारी भित्र हेर ।
बढ्यो देशमा बलात्कार संविधान खै र ।।

अपराधीलाई कानुन कहाँ छ र सरकार ।
हत्यारा बलात्कारी सधैं हुन थाले फरार।

बहिनीलाई आफ्नै दाइको हुन थाल्यो डर ।
भन सरकार नारी अब कस्को गर्छिन भर ।

आँखा भरी आँशु झर्यो हेर त्यो नारीको
हुनु पर्छ अन्तिम संस्कार त्यो बलात्कारीको ।

लेखिएको संविधान भन कहिले लागु हुन्छ ।
बलात्कृत भएका दिदीबहिनीको न्याय कसले सुन्छ ।

 

-दिप्त बस्नेत, कालिञ्चोक गाउँपालिका, दोलखा
हालः सिड्नी अस्ट्रेलिया ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...