Saturday 8th February 2025

पञ्चाङ्ग साहित्य समाजका ११ सर्जकका पञ्चाङ्गहरू


पञ्चाङ्ग १

चोट लाग्यो हृदयमा उठ्नै नसकिने गरि
हृदय टुक्रिएको छ जुट्नै नसकिने गरि
कलेजोमा छुरा रोपि मुटुमा छेड पारेउ
दिलमा आगो जलायौ सुत्नै नसकिने गरि
दुख्छ दिल सम्झिएर थुक्नै नसकिने गरि ।


सारा संसारमा तिम्रो नाम आउँछ बृन्दाबनको नै ।
अर्पण अर्चना तिम्रो पुर्याइदेउ तिमी मनको नै ।
चराचर जगतको कल्याणकारी सत्य संस्थापक ,
प्रार्थना गर्छु तिम्रो स्वस्थ्य बनायौ तिमीले तनको नै।
जगत् को सबै प्राणिलाई सम्पन्नता पुर्ण धनको नै ।

सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग २

कृष्णावतार आखिर के कालागि थियो बुझेबुझेनन्
मध्यरातसम्म बलिरहे पानस अनि दियो बुझेबुझेनन्
कृष्णलिलाले फरक केही ल्यायो जीवन व्यवहारमा
कंश किन मारियो जरासन्ध किन फारियो बुझेबुझेनन्
कुरुक्षेत्र किन रँगियो द्वारका किन भासियो बुझेबुझेनन् //

-सृजना सरोवर ,उदयपुर

पञ्चाङ्ग, ३
****
जिन्दगी जिन्दगी रहेन घर घर रहेन।
अब मेरो लागि कोही कसैको भर रहेन।
धेरै बाँच्ने रहर हुँदा हुँदै ढल्यो जिन्दगी।
अब मेरो बाँच्न लाई पनि रहर रहेन।।
हो भग्नाबसेश भयो घरको चर रहेन।।
*******
लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा

पन्चाङ्ग ४

प्रकृतिले दिन्छ मात्रै उसलाइ फिर्ता चाहिदैन साँच्चै हाे
संसारमा प्रकृति भन्दा महान फिर्ता पाइदैन साँच्चै हाे
नदीले पानी दिन्छ सटृामा उसले केही माग्दैन बुझ्याै त ?
बृक्षले फल दिन्छ उस्ले राख्दैन फिर्ता खाइदैन साँच्चै हाे
बृक्षकाे फूल हाम्रै लागि हाे भन्न फिर्ता जाइदैन साँच्चै हाे।

मधुसूदन प्रसाद घिमिरे ,काठमाडौं

✍️पञ्चाङ्ग✍️ ५
•••••••••••••••
भगवान जन्मनु प्रसव पिंडाले मडारियो आकाश!
जब धरामा अवतरण भएथ्यो बढारियो आकाश!
ब्रह्माण्ड; प्रकृति नै सास्वत ईश्वर तुल्य अमूल्य रैछ
घाम उदाउँदा साथ लाली पोतेर सिंगारियो आकाश!
कृष्ण सँगै खेल्न इन्द्रेणी रंग छर्दै उघारियो आकाश।

रवीन्द्रनाथ पोखरेल, देबचुली नपा-३, नवलपरासी

पञ्चाङ्ग ❤ ❤ ६

१.
सुखी जीवनको भिख त मागेको छु मैले
मुटुको काँडा कलेजोमा राखेको छु मैले
लाचारीपनाले विवश पारेपछि हाय
नताक्नुपर्नेको मुख नै ताकेको छु मैले
सहयोग गर्नेछन् भन्ने ठानेको छु मैले ।

२.
ममताको आँचलभित्र बेर्न बाँकी छ
आफ्नो सन्तान एक पल्ट हेर्न बाँकी छ
जब सकिन्छ प्रसव पीडा आमै जन्मिइन्
बाँचेको महसुस श्वास फेर्न बाँकी छ
छातीमाथि हात राखेर घेर्न बाँकी छ ।

सविता के.सी.,काठमाडौं

पञ्चाङ्ग ७

दुखेको छ भित्रैमा मुटु गरेर पछुतो।
आँखा खुल्यो मनमा पाप भरेर पछुतो।
के गरेर मेटु लौन गरेका पापहरू
कृष्ण काले बताउ लौन परेर पछुतो।
खटाउ बरु भारि दुख छरेर पछुतो।

-लक्ष्मी बस्याल, बर्दिया

पञ्चाङ्ग ८

बिहानी लाली बाेकी आए कि प्यारा कृष्ण
धर्मकाे स्थान ताेकी आए कि प्यारा कृष्ण
जताततै छ आँसु अन्याय अत्याचार
धर्तीकाे भार राेकी आए कि प्यारा कृष्ण।
कंशकाे शीर ठाेकी आए कि प्यारा कृष्ण!


कृष्णकाे प्यारमाथि शंकालु हुन्छ मान्छे
पापकाे फल भाेग्दै पीडामा रुन्छ मान्छे
बैँस र धनभरि गरेन भक्ति भाव
अनित्य संसारकाे सपना बुन्छ मान्छे
झुटाे कसम खाँदै देवता छुन्छ मान्छे


मेराे प्यारे मेराे प्राण मेराे श्याम हाै तिमी
अाएँ तिम्रै शरणमा मेरै धाम हाै तिमी।
जे छ मेराे तिमीले नै दिएकाे याे दान हाे,
मेरै यश मेरै प्रज्ञा मेरै नाम हाै तिमी ।
कहीँ कर्ता कहीँ भर्ता त्याे लगाम हाै तिमी ।

चन्द्रावती अधिकारी, काेहलपुर वाँके।

पञ्चाङ्ग ९

समय, समयलाई चिन्न सकेन
मुक्तिको खोजि,आत्मा हिड्न सकेन
खै त प्रेमलीला देखाएको कृष्णे,
मायालु माया सँग मिल्न सकेन
खाली हातले कमल् टिप्न सकेन।।

टिकाराम न्यौपाने प्रतीक

पञ्चाङ १०

कृष्णको भजन गाएर सकिदैन
भगवानले दही खाएर सकिदैन
राधाको मन एकोहोरो बनाउने
बासुरीकाे धुन बजाएर सकिदैन
मुकुट र प्वाख लाएर सकिदैन

तारा घिमिरे , संखुवासभा

पञ्चाङ्ग ११

चोखो मायामा पनि व्यापार हुँदो रहेछ।
यही मायामा त जीत हार हुँदो रहेछ।
बधाई दिए उनलाई म सुखको लागि,
उनलाई दुःख अतिचार हुँदो रहेछ।
सम्झी सम्झी पीडा बारम्बार हुँदो रहेछ।

सुशीला पौडेल , काठमाडौं


सम्बन्धित शीर्षकहरु

ईजरायल विरुद्ध हावी बनेको अन्तराष्ट्रिय फौजदारी अदालतका विरुद्धमा राष्ट्रपति डोनाल्ड ट्रम्प खरो रुपमा उत्रिएका छन । उनले ईजरायली राष्ट्रपति बेन्जामिन…

उमा कता छौ? पानी ल्याउन कस्तो प्यास लागेको। गर्मी चढिसक्यो नि बाबू अब त। आमाले गिलासमा पानी ल्याइदिईन्। तपाईं त…

साहित्यिक पत्रकार , अग्रज साहित्यकार, जनमत राष्ट्रिय मासिकका प्रधानसम्पादक मोहन दुवाललाई पाल्पा साहित्य समाजले सहिद दिवसको अवसरमा पाल्पाको तानसेनमा सम्मान…

प्रतिकृयाहरू
...