Sunday 12th April 2026

लक्ष्मी स्मृतिको गद्य कविता ‘जीवन’


कहिले खहरेको
भेल जस्तो
कहिले निसास्सिँदो
जेल जस्तो
कहिले शित्तल
चौतारी जस्तो
कहिले दुखाउने
काँडाघारी जस्तो।

कहिले श्री अन्तु
डाँडो जस्तो
कहिले चुहिने
भाँडो जस्तो
कहिले सगरमाथा
शिखर जस्तो
कहिले समुन्द्रको
थिगर जस्तो

कहिले फेवा
रारा जस्तो
कहिले लाचार
हुतिहारा जस्तो
कहिले मनोरम
पोखरा जस्तो
कहिले अनकन्टार
घाँघरा जस्तो

कहिले अक्करे
भिर जस्तो
कहिले मिठो
खिर जस्तो
कहिले शुन्दर
बाग जस्तो
कहिले तुच्छ
काग जस्तो।

यो जस्तो
पनि लाग्ने
त्यो जस्तो
पनि लाग्ने
जीवनको परिभाषा
खोज्दा खोज्दै
जीवनको यथार्थ
रोज्दा रोज्दै।

जीवन बित्छ
थाहै हुदैन
सोचे जस्तै
राहै हुदैन
भोगे जस्तै
चाहै हुदैन
कहिल्यै पनि
वाहै हुदैन।

– लक्ष्मी स्मृति, बिराटनगर-०५


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...