Sunday 12th April 2026

जनार्दन अधिकारी ‘धड्कन’ का खोरियाहरू


जन्मेका कृष्ण जेलमा
कंश मामाको खेलमा
सम्वन्ध तोड्यो राखेन
मार्न सकेन ।

बैनी र ज्वाई थुनेको
मृत्युको जाल बुनेको
पुतना दुध पियारी
मार्ने तयारी ।

जेलको ढोका खुलेको
सुरक्षा मस्त सुतेको
यशोदा काखमा कृष्ण
कंशको तृष्णा ।

गुरूको ज्ञान अपार
जिन्दगी शिक्षाको सार
आमा र बाबा गुरुहुन्
शिक्षा शुरूहुन्

खोरिया (वालगीत)
आमा,बाबा दाजुभाइ
नमन छ सबैलाइ
प्रेमले काख लिनु है
ज्ञान दिनु है ।

शिक्षाको गुरू प्रकाश
महान बन्ने छ आश
गोरेटो सानो खन्दिनु
हिँड भन्दिनु ।

मूल त्यो बग्दै गण्डकी
प्रेममा बग्छ जिन्दगी
दुख्ख भरिन्छ आँखामा
खस्छ काखमा ।

मनले ज्ञान छानेर
विवेक भित्र झानेर
बा,आमा गुरू एउटै
सम्झ देउतै

खोरिया(वाल गीत)

बाहिर हेर आँगन
को आएछ लौ मागन
लाजले किन छेकिन्छ
जोगी देखिन्छ ।

भेटन तल झरेर
बुझलौ कुरा गरेर
समस्या केमा रहेछ
के लौ भएछ ।

बा, आमा दुबै मरेछन्
बाढी पैरोमा परेछन्
विचरा एक्लै बनेछ
माग्दै हिँडेछ ।

मागेर छाक गुजार्ला
पढाइ अब के गर्ला
घरमा सँगै राखौँन
हामी पालौंन ।

सम्मान मिल्छ ज्ञानले
जिन्दगी बाँचौ सानले
सेवानै ठूलो धर्म हो
मूल कर्म हो ।

जनार्दन अधिकारी धड्कन,पाल्पा


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...