जन्मेका कृष्ण जेलमा
कंश मामाको खेलमा
सम्वन्ध तोड्यो राखेन
मार्न सकेन ।
बैनी र ज्वाई थुनेको
मृत्युको जाल बुनेको
पुतना दुध पियारी
मार्ने तयारी ।
जेलको ढोका खुलेको
सुरक्षा मस्त सुतेको
यशोदा काखमा कृष्ण
कंशको तृष्णा ।
गुरूको ज्ञान अपार
जिन्दगी शिक्षाको सार
आमा र बाबा गुरुहुन्
शिक्षा शुरूहुन्
खोरिया (वालगीत)
आमा,बाबा दाजुभाइ
नमन छ सबैलाइ
प्रेमले काख लिनु है
ज्ञान दिनु है ।
शिक्षाको गुरू प्रकाश
महान बन्ने छ आश
गोरेटो सानो खन्दिनु
हिँड भन्दिनु ।
मूल त्यो बग्दै गण्डकी
प्रेममा बग्छ जिन्दगी
दुख्ख भरिन्छ आँखामा
खस्छ काखमा ।
मनले ज्ञान छानेर
विवेक भित्र झानेर
बा,आमा गुरू एउटै
सम्झ देउतै
खोरिया(वाल गीत)
बाहिर हेर आँगन
को आएछ लौ मागन
लाजले किन छेकिन्छ
जोगी देखिन्छ ।
भेटन तल झरेर
बुझलौ कुरा गरेर
समस्या केमा रहेछ
के लौ भएछ ।
बा, आमा दुबै मरेछन्
बाढी पैरोमा परेछन्
विचरा एक्लै बनेछ
माग्दै हिँडेछ ।
मागेर छाक गुजार्ला
पढाइ अब के गर्ला
घरमा सँगै राखौँन
हामी पालौंन ।
सम्मान मिल्छ ज्ञानले
जिन्दगी बाँचौ सानले
सेवानै ठूलो धर्म हो
मूल कर्म हो ।
जनार्दन अधिकारी धड्कन,पाल्पा