Thursday 22nd January 2026

राष्ट्रव्यापी शीत तिज गीत प्रतियोगिताको नतिजा घोषणा


तीतोपाटी – शीत काव्य समाज नेपाल र सुख शान्ति टेलिभिजनद्वारा आयोजित शीत तीज गीत प्रतियोगिताको अन्तिम चरणको नतिजा सार्वजनिक भएको छ । विभिन्न चरणमा गरी नेपाल तथा भारतका विभिन्न शीत सर्जकहरूले सामाजिक सन्जाल मार्फत भाग लिएको प्रतियोगिताको अन्तिम चरणमा उत्कृष्ट दस जना भित्रबाट सर्वोकृष्ट पाँच जनाको छनौट गरिएको हो जस्मा अम्बिका आचार्य ( पाल्पा) प्रथम भएकी छन्। यसैगरी क्रमश दिला शाह ( नेपालगन्ज ) र गीता भट्टराई ( स्याङ्जा ) द्वितीय र तृतीय भएका छन् । सुरेशचन्द घिमिरे ( लमजुङ ) र हिरनमयी शर्मा ( असम, भारत) ले चौथो र पाँचौ स्थान सहित सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

हिन्दूहरूको महान चाड तिजको पूर्व सन्ध्यामा शीत काव्य समाज नेपालले राष्ट्रव्यापी रूपमा शीत तिज गीत प्रतियोगिता आयोजना गरेको हो । सामाजिक सन्जाल मार्फत खुला रूपमा आयोजना गरिएको प्रतियोगिताको निर्णायकमा शीत काव्य समाज नेपालका राष्ट्रिय सल्लाहकार डा. शैलेन्दु प्रकाश नेपाल, शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मी, साहित्यकार सीता बिष्ट कार्की सीबिका र शीत ईश्वर कृष्ण के.सी. रहनु भएको थियो । शीत सर्जकहरूले शीत तिज गीतको भिडियो बनाएर पठाएको भिडियो क्लिपहरू सुखशान्ति टेलिभिजन काठमाडौंले प्रसारण गरेको छ ।

पुरस्कार बितरण कार्यक्रम आधुनिक साहित्य परिषदको चौथो बार्षिक दिवस ( २०७८मंसिर १,२,३)को अवसरमा काठमाडौंमा आयोजना गरिनेछ । प्रथम ,द्वितीय , तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विजयीहरूलाई क्रमश रू. ३ हजार , रू . २ हजार ,रू . १ हजार ५ सय र रू. १ हजार बराबरको साहित्यका कृतिहरू पुरस्कार, उपहार र सम्मान पत्रद्वारा प्रदान गरिनेछ भनी शीत काव्य समाज नेपालका सचिव दामोदर ढकाल दीपकले बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...