पञ्चाङ्ग १
१
ममताको आँचलभित्र बेर्न बाँकी छ
आफ्नो सन्तान एक पल्ट हेर्न बाँकी छ
जब सकिन्छ प्रसव पीडा आमै जन्मिइन्
बाँचेको महसुस श्वास फेर्न बाँकी छ
छातीमाथि हात राखेर घेर्न बाँकी छ ।
२
देवकी र वसुदेवलाई सुरक्षार्थ घेरियो हेर
फलामका जन्जिर र नेलले कडाले बेरियो हेर
दिन भन्ने कुरा लागेपछि बजाउँदो रहेछ बाजा
इमानदारिता देखाए कंसलाई पनि टेरियो हेर
लेखेको कुरा मेटिन्न केही गरी पनि हेरियो हेर ।
३
बजाऊ कृष्ण मुरली त्यही सुरिलो धुन मनपर्छ
नक्षत्रमा चम्किने पूर्णिमाको उही पूर्ण जुन मनपर्छ
यही हो सिकाई कृष्णले पनि कृषि काम गरे हेर
कहिलेकाहीँ त हत्या दुष्ट कंसको खुन मनपर्छ
अन्यायको अन्त, न्याय चम्कियोस् तिम्रो गुन मनपर्छ ॥
सविता के.सी. काठमाडौं
पञ्चाङ्ग २
१
हे बृष भानु नन्दिनी राधे मनमा छौ।
नन्द नन्दन जग बन्दन जनमा छौ।
मोहनको रस भरि मुरली को धुन
बजाइ देउन मिठो गरि बनमा छौ।
मोहिनि रुप हेरु हेरु त्यो पनमा छौ।
२
माया गर्ने धेरै थिए उनको प्यारी राधा हुन।
राधा देवी मान्छन् सबै कृष्णकै अङ्ग आधा हुन।
सोह्रसय गोपिनीमा मोहन राधा प्रेम रस
ग्वालन भै गाइ चराइ भेषभुषा सादा हुन।
एक्लो जीवन बित्यो राधा प्यारी कति बाधा हुन।
३
कैले आधि कैले पानि रैछ जिन्दगानी।
यात्रा भरि संघर्ष नै हैछ जिन्दगानी।
उकाली र ओराली गर्दै वित्छ समय
बेफूर्सदि कामदार भैछ जिन्दगानी।
आफ्नै उमेर ढल्किँदै गैछ जिन्दगानी।
४
परोपकार गर्नु मा नै जिवन हुन्छ राम्रो।
अरुको सेवा गर्न सके मनमा छुन्छ राम्रो।
बाच्न त सफल भए कुकुर पनि जिउछ
मेलमिलाप बनाइ राखौ नत्र कुन्छ राम्रो।
मिलेर नै वातावरणमा सधै बुन्छ राम्रो।
लक्ष्मी बस्याल बर्दिया
पञ्चाङ्ग ३
द्वापरयुगमा कंसको विनास गर्न जन्म लियौ कृष्ण
नाश गर्न नै नरराक्षसी पूतनाको दुध पियौ कृष्ण
श्रीमद्भागवदगीता ज्ञानले पाप धर्म अर्थ छुट्याइ
पापी दुर्योधन् मारी पाण्डवको हस्तिनापुर दियौ कृष्ण
हे! कृष्ण मुरारी सब जगका आँखाका तारा थियौ कृष्ण।
शर्मिला श्रेष्ठ,ललितपुर
हाल अमेरिका
पञ्चाङ ४
कृष्णको भजन गाएर सकिदैन
भगवानले दही खाएर सकिदैन
राधाको मन एकोहोरो बनाउने
बासुरीको धुन बजाएर सकिदैन
मुकुट र प्वाख लाएर सकिदैन ।
तारा घिमिरे , संखुवासभा
पञ्चाङ्ग ५
१
बिहानी लाली बोकी आए कि प्यारा कृष्ण
धर्मको स्थान तोकी आए कि प्यारा कृष्ण
जताततै छ आँसु अन्याय अत्याचार
धर्तीको भार रोकी आए कि प्यारा कृष्ण।
कंशको शीर ठोकी आए कि प्यारा कृष्ण!
२
कृष्णको प्यारमाथि शंकालु हुन्छ मान्छे
पापको फल भोग्दै पीडामा रुन्छ मान्छे
बैँस र धनभरि गरेन भक्ति भाव
अनित्य संसारको सपना बुन्छ मान्छे
झुटो कसम खाँदै देवता छुन्छ मान्छे
३
मेरो प्यारे मेरो प्राण मेरो श्याम हाै तिमी
आएँ तिम्रै शरणमा मेरै धाम हाै तिमी।
जे छ मेराे तिमीले नै दिएको यो दान हो,
मेरै यश मेरै प्रज्ञा मेरै नाम हाै तिमी ।
कहीँ कर्ता कहीँ भर्ता त्यो लगाम हाै तिमी ।
चन्द्रावती अधिकारी
कोहलपुर वाँके।
पन्चाङ्ग ६
१
तिमी मेराे कृष्ण हाैं म तिम्री मनकी राधा हुँ
पूरा संम्झ या के सम्झन्छौं तिम्राे अङ्ग आधा हुँ ।
हामी बिच फैलिएको वाँसना र प्रेमको
मायाको दृस्ठिमा तिम्रो लागि सिधा साधा हुँ
मनको दुरि टाढा भो हान तिर व्याधा हुँ ।
२
कति पर सर्छौ जैले किन वहाना बनाएको तिमी ।
होला तिमीले धुर्किलाई आफ्नो जात जनाएको तिमी ।
थाकेसरि भकोछ मन रुक्छ कैले धुक धुकि लाग्छ ,
बिर्सियौकि धेरैचोटि नजिक परि मनाएको तिमी ।
बुझ्दैछु म कि कस्को रिस मेरै माथि खनाएको तिमी ।
दुर्गा आचार्य
खोटाङ्गेली
पञ्चाङ्ग ६
तिमी बन्नु कृष्ण मेरो मलाई राधा हुन मन छ
तिम्रो हातको त्यो बाँसुरीको आधा हुन मन छ
सातै सुरको सरगम बनी गुञ्जिंदै बतासमा
भित्र आगो दन्काएर बाहिर साधा हुन मन छ
अघिपछि लाग्ने गोपिनिको बाधा हुन मन छ ।।
सृजना सरोवर , उदयपुर