Sunday 20th September 2026

शान्ता शाक्यका केहि षड्ऋतुहरू


षड्ऋतुहरु

“पाल्पा”

पाल्पामा नै जाने
जात्रैजात्रा हेर्ने
कृष्णाजन्माष्टमी
भोलिको दिनमा
भगवती जात्रा
गरौँ आजै यात्रा

कृष्णजीको जन्म
कंशको मरण
टिक्दैन दुष्ट्याइँ
भस्म दुराचारी
नष्ट अत्याचारी
बाँच्छ सदाचारी

तानसेन यात्रा
भगवती जात्रा
सबै जन भेला
भव्यताको मेला
हो शक्तिकी देवी
गर्छन् धेरै भक्ति

संस्कृतिले धनी
सुन्दर नगरी
तानसेन जाने
जात्रा सबै हेर्ने
नगर चाहार्ने
आनन्द नि लिने

बजार नि घुम्ने
ढाकाहरू किन्ने
करूवा नि लिने
चुकाउनी चाख्ने
साथीभाइसँग
रमाइलो गर्ने

पाल्पालीको पाल्पा
हुन्छ जात्रैजात्रा
लोप नहोस् भन्न
मान्नुपर्छ जन
धरोहर मानौँ
संरक्षण गरौँ

शान्ता शाक्य
काठमाण्डौ


सम्बन्धित शीर्षकहरु

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

अत्याधुनिक चिकित्सा प्रविधि र दक्ष चिकित्सकको टिम: पारस मल्टिस्पेसियालिटी हस्पिटलमा बढ्दै बिरामीको विश्वास -गुलाम नवि मन्सुर विराटनगर, पछिल्लो समय विराटनगरस्थित…

इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झण्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार…

प्रतिकृयाहरू
...