Thursday 22nd January 2026

टहल आचार्यको गजल संग्रह – २२


गजल
###
जोगी उही पुरानै छन् झोलीहरु नयाँ नयाँ ।
नेता उही पुरानै छन् बोलीहरु नयाँ नयाँ ।

भत्किएको छानो पाली घरभित्र रुवाबासी
रोटी उही बासीनै छन् सोलीहरु नयाँ नयाँ ।

कसैको त्यो नाङ्गो आङ कतै तास खापै खाप
फरिया ती फाटे पनि चोलीहरु नयाँ नयाँ ।

आन्दोलनको नाम दिई सोझालाई सिध्याउने ,
पेस्तोल खिया परे पनि गोलीहरु नयाँ नयाँ ।

जनतामा खुशी ल्याई देशको मुहार फेर्नलाई ,
हिजो जे भो हुनुपर्छ भोलीहरु नयाँ नयाँ ।

-टहल आचार्य
२०७८/०५/१४


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...