Thursday 22nd January 2026

भ्रष्टाचार शीर्षकमा सिर्जना गरिएका २१ टुक्काकारका उत्कृष्ट टुक्काहरू


१.
बानी भ्रष्टाचारी,
आफन्त नै मारी।
२.
छर्लङ्ग हुन्छ टेबलको मुनि लुकाएको,
जनताबाट लुट्न लाज कत्ति नमानेको।
३.
जनता लुटेर रमाएको नेताको मन,
मरेर जाँदा लाने पो हो कि बाँधेर धन।
✍️ पौडेल विमुन्स, पाेखरा

१.
कहिले सम्म चल्छ सरकार,
मेरो देशमा अझैं भष्ट्राचार।
२.
गरेको देखे भने भष्ट्राचार,
हाल्नु पर्छ हामीले कारागार।
✍️ जगत थापा, बझाङ्ग

१.
भ्रष्टाचार गर्नुहुन्न भाषण सुन्दा राम्रो,
सर्छ अघि भाषणकर्ता विडम्बना हाम्रो ।
२.
भ्रष्टाचारविहीन समाज र देश कहिले होला पूर्ण,
लौन प्रभु खुवाउनु पर्यो भ्रष्टाचार निवारण चूर्ण ।
३.
उनै हुन्छन् भ्रष्टाचार गर्ने अनि उनै रोक्ने,
निमुखाले प्रतिफल नै कहिलेसम्म बोक्ने ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ

१.
कस्तो मोह साह्रै कुर्सी प्यारो भयो,
आफ्नै साथी त्यागी सत्ता लिप्ता छ यो।
२.
धोखा भो ठूलो तिमी विश्वास घाती
थियो भिन्नै आशा हेर तिमी माथि
३.
हिजो सम्म साथै गर्थे सहयात्रा।
लडेर आफैंमा भयो ठूलो जात्रा
✍️सूर्य मणि रेग्मी, चितवन

१.
तलब भत्ताले नपुगेर भ्रष्टाचार गर्छ,
जनताकाे रगत पसिनाले जाे पेट भर्छ।
२.
मारमा सधै जनता बसेका छन् चुपचाप,
सबै मुहार भ्रष्ट देख्छु कहाँ गर्नु बिलाप ।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेशी न्.पा. -९, धादिङ

१•
जस जसले गरे भ्रष्टाचार,
तिनले जोडे घडेरी र कार।
२•
भ्रष्टाचार गर्नेको हातमा किरै परुन्,
कमाएर राख्छन् अनि जे गरे नि गरुन्।
३•
कालो धनलाई सेतो पार्छन्,
यस्सो अलिकति भन्दै टार्छन्।
✍️ घनश्याम पौडेल, सृजना चोक, पोखरा

१.
देशमा धेरै भ्रष्टाचारको भेटिन्छ खोयो,
देख्दा देख्दा नेपाल आमाको हृदय रोयो ।
२.
खोजी खोजी भ्रष्टाचारको अन्त्य गरौँ,
नेपाल आमाको ओठमा खुशी भरौँ ।
३.
भ्रष्टाचार गरेर देश गरीब भएको,
रोजगार नपाएर युवा खाडी गएको।
✍️ कल्पना थामी, सिन्धुपाल्चोक

१.
नगरे पनि भ्रष्चाचार खान पाइन्छ
हात पाखुरा खियाएर आफ्नै लाइन्छ ।
२.
नेता सब भ्रष्टाचार गर्ने जनता रुवाउॅदै
भोकभोकै बस्छन् गरिब यहॅा ॲाशु चुहाउॅदै ।

. चुनेको होइन नेता तिमीलाई भ्रष्टाचारले गोजी भर्न
कहिले तयार हुन्छौ भन देश र जनताको सेवा गर्न ।
✍️राजेशराज गड्तौला, रतुवामाई-१०, मोरंग
हाल- प्रवास

१.
देशमा त धेरै भ्रष्टाचार मात्र हावी भयो
त्यसैले राष्ट्र उधोगतिमा धकेलिदै गयो।
२.
कसरी होला भ्रष्टाचारको अन्त्य गर्न
खोजौंआमाको यो ओठमा मुस्कान भर्न ।
✍️ दुर्गा भट्टराई , मोरङ

१.
बढिरहेछ जताततै भ्रस्टाचारको बीउ,
यसलाई रोक्न खोज्नुपर्छ जनताले निउ ।
२.
गरिब जनता भोकै रुन्छन् नेता छन् भास्टाचारमा,
गास बास दिनु पर्दछ जनताको अधिकारमा ।
✍️ नवीन जोशी, प्रदेस ७

१.
नेता ज्यु अब नगर्नु है भ्रष्टाचार,
हामीले साथ सधैँ दिन्छौं सरकार ।
२.
शुभकामना छ है गाईजात्राको,
भलो चाहन्छु सधैं तिम्रो यात्राको।
✍️ प्रेम सुनार, दैलेख

१.
भ्रष्टाचारले जरो गाडेको उहिल्यै देखि,
निर्मुल गर्न कसले सक्ने मारेर मेखी।
२.
जनतालाई राहत हुन्थ्यो भ्रष्टाचार नभए,
सरकारले पाल्दछ नेता जनता मर्दै गए ।
✍️ पुष्पासायरा, बिराटनगर

१.
दुब्लाउँदै जान्छ देश, मोटाउने शासक,
कस्तो शासन औषधि!विष कीटनाशक।
२.
बजेटमा देखाउँछन्, पैसा बिटैबिटा,
जनता सम्म आईपुग्दा, पानी बाछिटा।
३.
श्रम गरी भेला पार्छ,मौरीचाका घार,
लूटी खाने हे दैव! राक्षेस भ्रष्टाचार।
✍️ होम प्रसाद न्याैपाने , धरान,सुनसरी

१.
उनी देशलाई हाक्ने ठूलै हुन् ज्ञाता ,
देशमा भ्रष्टाचार गर्न बोक्छन् छाता ।
२.
बिना हिसाबको म पैसा छुन्न,
कसैले भ्रष्टाचार गर्नै हुन्न ।
✍️ भगवती दवाडी, दम , झापा

१.
नेताले पूरा गर्दैनन् संहिता आचार
खाली व्यस्त देखिन्छन् गर्नमा भ्रस्टाचार ।
२.
जसलाई ठूलो मानी पठाएको तेता
उही बन्दछन् देशको भ्रष्टाचारी नेता।
✍️ सरस्वती श्रेष्ठ, इटहरी

१,
चुर्लुम्म देश डुब्यो भ्रस्टचारले गर्दा,
विदेशीले अाँखा गाडे भ्रस्ट नेता पर्दा।
२,
नेता हरूको मिलिमतोमा देशलाई जे पनि गर्छ,
भ्रस्टचारी लाई हतकडी लगाई जेल कोच्नु पर्छ।
✍️ लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा

१.
मालामाल छ भन्सारमा छु उपहारै उपहार,
सेवा बापत भन्दै दिन्छन् कहाँ को गर्नु भ्रष्टाचार!
२.
देखादेखी कसले खान्छ बनाउनु पर्छ फाँट,
आँखा छली दिनुस हजुर टेबल मुनि बाट!
३.
खरिदारको जागिर हजुर बनाउछन् महल,
करोडको गाडी चढछन् सानको चहल पहल!
✍️ नवशिला, बेलबारी न.पा. -२, लालभित्ती, मोरङ
हाल: गोदावारी, ललितपुर

१.
यो देशलाई भ्रष्टको अखडा बनाइयो
नेताले आमाको इज्जत लुटेको पाइयो ।
२.
धमिरालेझैँ हाम्रो देश खाए बारम्बार
रक्षकबाट नै भइरहेछ भ्रष्टाचार ।
३.
आऊ सबै मिली क्रान्तिको बीज समेलौँ
भ्रष्टाचार मौलायो धेरै जरो उखेलौँ।
✍️ श्रीकृष्ण शर्मा, पोखरा

१.
राजनीतिमा भ्रष्टाचारीकाे हुने गर्छ भेला
उनीहरूलाई जनताले कैले पार्ने फेला ।
२.
भ्रष्टहरूकाे कहिले सुध्रिएला मति
देशकाे कसले गर्ला उन्नति प्रगति ।
३.
भ्रष्टाचार गर्ने हुन् भ्रष्टाचारी
अत्याचार गर्दै हिड्ने अत्याचारी ।
✍️लक्ष्मी घिमिरे दहाल , दमक -७ ,झापा ।

१.
छिमेकिको घरमा थियो ऐश अाराम
मक्ख पार्छन् सबैलाई केहीछैन काम !!
२.
देखेकाछन् सबैले केहो कहाँ लेख्यो
नदेखैझैँ गरौँ भन्दा अगाडि देख्यो
३.
नमान्नु कहिल्यै केही छैन भनी हार
गर्नुहुन्न कसैले कहिले भ्रष्ट चार!!
✍️ दुर्गा अाचार्य, मोरङ्ग

१.
राजनीति दाउ दिनहुँ नेताहरूकाे हुन्छ भ्रष्टाचार,
ठूला ठुला भाषणकाे आवज गर्नेछन् सिंहदरबार।
२.
नेताहरूले आफ्नो आफ्नाे घर बनाए राजदरबार,
राजनीतिक काे भाषण गर्ने ठाउँ हाे छुट्टै घरबार।
३.
भ्रष्टाचार गर्नेछन् नेताहरूले जनताहरूलाई नै रुवाउँदै,
दु ख गरेर कमाउँछन् गरिबीहरुले खुन पसिना चुहाउँदै।
✍️ शाेभा अर्याल , रुपन्देही १४ बुटवल


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...