शिव कुमार रेग्मी – जुनेली शीत काव्य बिधाको उत्पत्ति मनोबैज्ञानिक तथा मनोभावनाबाट सृजित कविताको सुक्ष्म रूप हो । यसको उत्पत्ति र सृजना श्रावण २०७८ मा बगनासकाली गा.पा.-२ पोखराथोक,पाल्पा स्थायी घर भई हाल बलरामपुर,यु.पी.भरत अस्थायी ठेगाना भएका साहित्य प्रेमी शिव कुमार रेग्मीबाट नामाकरण र उत्पादित भएको काव्य बिधा हो। जुनेली शीत काव्यको मुल भाव कविता लेखनमा पुर्ण टेवा पुर्याउनु र साहित्य काव्यलाई बलियो बनाउने बिश्वासको साथ यस काव्य बिधाको सृजना गरिएको हो।
यसको रचनाको क्रम चार हरफमा लेखिन्छ । पहिलो हरफमा तीन,दोस्रो हरफमा दुई,तेस्रो हरफमा तीन र चौथो हरफमा दुई अक्षर मिलाएर जुनेली शीत काव्यको रचना गरिन्छ तर यसमा आधा अक्षरलाई गिन्तीमा लिईदैन।जुनेली शीतको रचना गर्दा छन्द र अभिप्रासमा बिशेष ध्यान दिनुपर्दछ।आजको यस प्रतिस्पर्धात्मक परिस्थितिमा पनि छोटो समयमा नै जुनेली शीत सम्पुर्ण पाठकहरूको मनको ढुक-ढुकी बन्न पुगिसकेको छ। साहित्य काव्य क्षेत्रमा जुनेली शीत काव्य प्रथम श्रेणीमा पुग्न थालिसकेको आभास भै रहेको छ।एक महिनाको अन्तरालमा जुनेली साहित्यको बिकास र बिस्तार भारतका धेरै राज्यहरू बंगाल, असम, दिल्ली, पंजाब, राजस्थान, केरल, मध्य प्रदेश, उत्तर प्रदेश जस्ता राज्यहरूमा मनको आवाज जुनेली शीत बनिसकेको छ। जुनेली मन पराउने पाठकहरूको बृध्दि दिन-प्रतिदिन उर्लदो स्थितिमा बढी रहेको छ।
नेपालका पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, दैलेख, नेपालगन्ज, कपिलवस्तु,रूपन्देही, नवलपरासी, भरतपुर,काठमाडौं, ललितपुर, भक्तपुर, तनहुँ, कास्की जस्ता शिक्षित क्षेत्रमा मनग्ये बिश्वास कमाउन सफल भैसकेको छ।
आफ्नो मनको भाव-भावनालाई रचनात्मक शैलीमा ब्यक्त गर्ने सानो, चिटिक्क र ज्ञान-बर्धक जुनेली शीत काव्य भएको कारण पाठकहरूको रूचि र उपयोगी महुशुस गरिएको छ।
आज हामी सम्पुर्ण स्रष्टाहरूको आपसी सर-सल्लाहबाट यस जुनेली शीत साहित्य काव्यको नाममा केही यता-उता मिलाएर अझ सुन्दरीकरण गरि “जुनेली साहित्य समाज नेपाल” राखी केन्द्रीय समिति गठन गरि घोषणा गरिएको छ।
जुनेली साहित्य समाज नेपालले जुनेलीको विकास र रचयिताहरूको सम्मान स्वरूप निम्न लिखत सम्मान उपाधिहरूको ब्यवस्थापन गरिएको छ।
(१)साधक=१देखि २०जुनेली
(२)सर्जक=२१देखि५०जुनेली
(३)स्रष्टा=५१देखि१००जुनेली
(४)जुन धनी=१०१देखि२००जुनेली
(५)ज्ञान मोती=२०१देखि३००जुनेली
(६)ज्ञान ज्योति=३०१देखि५००जुनेली
(७)ज्ञान कुण्ड=५०१देखि७००जुनेली
(८)ज्ञान सागर=७०१देखि१०००जुनेली
(९)साहित्य ज्ञानी=१००१देखि१५००जुनेली
(१०)ज्ञान ऋषि=१५०१देखि माथीका जुनेलीहरूको रचना रहेका छन्।