Thursday 22nd January 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – २९


कति धेरै पर्न सक्या, यो भदौरे झरी पनि ।
निथ्रुक्क भै भिज्यो बरै,विचरा त्यो चरी पनि।

बगाइ सक्यो गाउँ बस्ती,भेल बाढी पहिरोले ,
त्यो मनमा छैन रैछ ,कहिँ कतै हरि पनि ।

गाँस बास, कपास र धनजनको क्षति गरि,
न त झुक्छ एकरती, भन्दैन उ सरि पनि ।

सुन्दर दृश्य प्रकृतिको, पानी पर्न छोडेदेखि,
किन राम्री हुन्थी होली ,स्वर्ग कि परि पनि ।

घाम पानी हावा छेक्ने, रुखै यहाँ सुकेपछी,
सन्तानलाई जोगाउँदा,आँखिर आफै मरि पनि।

-प्रतिमा शिवाकोटी
कालिन्चोक गा. पा.८ सुनखानी ,दोलखा
बागमती प्रदेश
(रचना : २०७७/०५/२८)


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...