Wednesday 21st January 2026

तस्बिरमा लेखिएका ६१ स्रष्टाका उदकहरू


तीतोपाटी – तीतोपाटी डट कम बाट हरेक हप्ता प्रकाशित भए जस्तै यस हप्ताको नयाँ श्रृंखलामा पनि उदक अभ्यास अन्तर्गत लेखिएका ६१ जना उदक यात्रीहरूको उदकलाइ यहाँ प्रस्तुत गरिएको छ ।

उदक अभ्यास : भाग १४
लेख्नुपर्ने उदक सङ्ख्या : १
प्रशिक्षक : आर्त अकुलीन
मिति : २०७८-०५-०४ गते शुक्रवार
सहभागी सङ्ख्या : ६१ जना

आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएको थियो । सहभागी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ‌‌।


स्वतन्त्रता
निश्चल निर्मल
जल जमिन आकाश !
✍️रमा पन्त, पाल्पा


शान्त
सुन्दर वातावरण
चरा भएर उड्नु ?
✍️पुष्पा सायरा, विराटनगर

३ वातावरण
धमिलो नहोस्
एक अर्काको कारण !
✍️पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे


गाेधूलि
समय सार
सृष्टिको मूल आभाष !
✍️ रोशन पराजुली, धरान


स्वतन्त्रता
सुन्दर शान्त
हरेक प्राणीको अधिकार !
✍️ विश्वनाथ श्रेष्ठ, फिक्कल, सिन्धुली


व्योम
सफा स्वच्छ
पक्षीको खुला रजाइँ !
✍️ अमृता देवकोटा, कैलाली


स्वच्छ
रमणीय प्रकृति
चरीको स्वतन्त्र उडान !
✍️ सावित्री अधिकारी, काठमाडौँ


पक्षी
निर गगन
अनुपम सुन्दर वातावरण !
✍️वसन्त अनुभव
घोराही उपमहानगरपालिका-१४, दाङ


प्रकृति
मरुभूमिको तातो
सिउँडीका तिखा काँडा !
✍️सविता के.सी., काठमाडौँ

१०
आकाश
स्वन्त्रताको प्रकाश
प्रकृति आफैमा कपास !
✍️ईश्वरी अधिकारी, लमजुङ

११
आकाश
स्वतन्त्र पक्षी
आहा! सुन्दर प्रकृति !
✍️पवित्रा महरा, घोराही, दाङ

१२
पक्षी
गोधूलि साँझमा
निवासतिर प्रस्थान गर्दै ।
✍️विनय तामाङ, भक्तपुर

१३
भानु
तिम्रो आगमन
लिएर आशाको किरण !
✍️गोपालप्रसाद पौड्याल, विराटनगर

१४
उद्देश्य
धर्ती आकाश
चरीको उडान मृगतृष्णा !
✍️ मुना दाहाल, ललितपुर

१५
प्रकृती
आकर्षक दृश्य
पक्षी गगन हिमाल !
✍️रिता खराल, रुपन्देही

१६
मरुभूमि
भेटिँदैन कुवा
तिर्खाएको काकाकुल चरी !
✍️पशपती राई, खोटाङ

१७
पक्षी
सूर्यको लाली
स्वच्छ आकाश प्रकृति ।
✍️अञ्जिता राउत, नेचा सल्यान-५, सोलुखुम्बु

१८
चरी
आकाशमा उडी
धर्तीमा छैन छहारी !
✍️समुन्द्रा शर्मा, सुनसरी

१९
सुन्दर
यो धरा
आहा आफैमा अथाह !
✍️हृदय लेकाली, भैरहवा

२०
भवमा
लक्ष्य बोकेर
बेग हान्दैछ नभमा ।
✍️ प्रभादेवी पौडेल, चितवन

२१
चरा
उडेको आकाशममा
बस्ने ठाउँ खोज्न !
✍️ राजकुमार राजभण्डारी ,खोटाङ्गे’, भक्तपुर

२२
भानुको
उज्यालो मिरमिरे
पक्षी स्वतन्त्र आकाशमा !
✍️सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
पाल्पा, हाल: युगाण्डा

२३
सूर्यास्त
ताराहरुको उदय
पक्षी बास खोज्दै !
✍️ नवराज भट्ट, महेन्द्रनगर

२४
आकाशमा
चराको यात्रा
सुनौलो रविको साहारा !
✍️बालकृष्ण खनाल, टीकापुर

२५
आकाश
उडानमा चरा
गन्तव्य विहिन यात्रा !
✍️खेमराज पुरी, कैलाली

२६
आहा
प्रकृतिको मेल
कति राम्रो आकृति !
✍️कमला गौतम, रुपन्देही

२७
उदय
स्वागत गर्दै
पक्षी धरती गगन !
✍️शान्ता रिमाल, टाँडी, नेपाल

२८
पक्षी
खुल्ला आकाश
सुन्दर प्रकृतिसँग रम्दै !
✍️चक्र शाही, कैलाली

२९
अवस्था
आँखामा नाच्दै
मरुभूमिमा चरी उड्दै !
✍️नारायण कोइराला
तानसेन, पाल्पा, हाल: यूएई

३०
आकाशमा
चरा उडेको
देखियो गोधूलिली साँझमा !
✍️सुशीला पौडेल, काठमाडौँ

३१
सुरम्य
वातावरणमा प्रभाकर
कञ्चन गगन पक्षी !
✍️इन्दिरा ज्ञावली, पाल्पा

३२
आकाश
सूर्य प्रकृति
सजीव निर्जीव सम्बन्ध !
✍️सपना भट्टराई, रुपन्देही

३३
प्रकृति
धर्ती आकाश
जीवनको असीमित उडान !
✍️शिव खनाल ‘जीवम’, रुपन्देही

३४
खगोल
सुन्दर भूगोल
प्रकृतिको आवरण सगोल !
✍️ रामकृष्ण दुवाडी, पोखरा

३५
उडान
नरोकिएको यात्रा
पथका काँडा जञ्जीर !
✍️हिमाल अम्मै, घोडाघोडी, कैलाली

३६
चरी
लैजा सन्देश
खसम छन् परदेश !
✍️मङ्गला उपाध्याय, कलैया

३७
चन्द्रमा
रातको चाँदनी
उड्दै आकाशमा पक्षी !
✍️अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा, हाल: मलेसिया

३८
नग्न
अँधेरोको उदय
पक्षी बासको खाेजी !
✍️दुर्गा भट्टराई, मोरङ

३९
गोधूलि
समयको गोजी
आफ्नो गन्तव्य खोजी !
✍️बादल गुरुङ वियोगी
संखुवासभा, हाल: काठमाडौँ

४०
सोच
बचाउ प्रकृति
पक्षी जस्तै जिन्दगी !
✍️बुद्धिप्रसाद लामिछाने, कैलाली

४१
सुन्दर
रात जुनेली
रात्री जीवन रतेली !
✍️टीकाराम जोशी, टीकापुर

४२
पंछी
उझाड मरुभूमि
जीवनको खोजीमा उडान !
✍️रामप्रसाद दहाल, सुर्खेत

४३
काग
बिहानै करायो
बेचैनीले मनै डरायो !
✍️श्रद्धा आचार्य, पोखरा

४४
चरी
सुन्दर दृश्य
पृथ्वी आकाश माझमा !
✍️विजया घिमिरे, जनकपुर

४५
सुन्दर
रमणिय प्रकृति
अदृश्य मानव आकृति !
✍️सुरेशचन्द्र घिमिरे, लमजुङ

४६
सुन्दर
आकर्षण दृश्य
सूर्यको किरण धर्तीमा !
✍️जानकी अधिकारी, पाल्पा

३७
गोधुली
उराठिलो साँझ
गुँडको खोजीमा चरा!
✍️कमला देवकोटा, पाल्पा

४८
चन्दन
निधारको टीको
शान्त सुन्दर मस्तक !
✍️होम प्रसाद नेउपाने, धरान, सुनसरी

४९
घर
खुल्ला आकास
प्राकृतिक मनोरम बास !
✍️राम न्यौपाने, कैलाली

५०
अनुपम
साैन्दर्य प्रकृतिको
स्वच्छ स्निग्ध शान्त !
✍️सुधा बाँस्कोटा ढकाल, काठमाडौँ

५१
उड्दैछ
खुला आकाशमा
स्वतन्त्रता रोजेर पक्षी !
✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा

५२
भिन्न
सूर्य पक्षी
सबेरै आकाश चुम्बन !
✍️फणीन्द्र थापा, बेलबारी-२, मोरङ

५३
आकाश
स्वतन्त्र सबै
आफ्नो कला देखाउन !
✍️वैद्यनाथ श्रमजीवी, वीरगञ्ज

५४
प्रकृति
देखिन्छ मनोरम
पृथ्वीको अनुपम उपहार !
✍️सुरेन्द्र साही, बाजुरा

५५
संसाँझ
मनमोहक उपवन
प्रकृतिको रङ्गिलो जीवन !
✍️मनोज थापा, कैलाली

५६
गोधूलि
पक्षीको उडान
धरामा मनोरम दृश्य !
✍️नारायणप्रसाद उपाध्याय, कैलाली

५७
रहर
आकाश चुम्ने
उन्मुक्त पखेटा फिँजाई ।
✍️ईश्वर लामिछाने, धरान

५८
सन्ध्या
लाली किरण
मनमोहक गोधूलि दृश्य !
✍️कविता आचार्य, कैलाली

५९
मरुभूमि
चरीको तृष्णा
थकित जून तारा !
✍️आर्त अकुलीन, कैलाली

६०
उद्देश्य
छुने आकाश
आक्रमण सूर्यको प्रकाश !
✍️लक्ष्मी बस्याल, बर्दिया

६१
शान्त
सुन्दर वातावरण
चरा भएर उड्नु ?
✍️पुष्पा सायरा, विराटनगर


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...