Wednesday 21st January 2026

सविता ढकालका आधा दर्जन षड्ऋतुहरू


षड्ऋतुहरु

#####

चेतनाको दियो
बाल्नुपर्ने थियो
घर छैन मियो
दिन यसै बित्यो
रात सुती गयो
बेहाल पो भयो

आफ्नो भित्र दियो
आफ्नै शक्ति थियो
हिजो जे जे भयो
जो जो अगि बढ्यो
उही सधैँ जित्यो
नत्र फेरि हार्यो

नेपाल याे छाया
स्वदेश याे माया
प्यारो यो माटो छ
मिठो यो आटो छ
आवास छ आफ्नै
आकाश छ हाम्रै

मिठो छ सम्झना
आहा नि कल्पना
सत्य छ साधना
देख्छु म सपना
साँच्नु छ भावना
यही छ कामना

देश छायाे शान्ति
अब हुन्न क्रान्ति
गराैँ राम्रा कुरा
हुन्छन सबै पुरा
मिली जुली हामी
उठाैँ सबै नारी

हृदयभित्र तिमी
समयभित्र तिमी
हाँसुन्जेल तिमी
नाचुन्जेल तिमी
साँचुन्जेल तिमी
बाँचुन्जेल तिमी

सविता ढकाल, खाेटाङ


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...