Friday 25th September 2026

कुवेत सरकारद्वारा कुवेत बाहिर रहेका नागरिकहरूलाई इम्युन एप्लिकेसन पुन अपडेट गर्न अनुरोध


तितोपाटी- कुवेत स्वास्थ्य मन्त्रालयले आप्रवासी नागरिकहरुलाई कुवेत आउनु पूर्व कुवेतमा जारी गरिएको खोप प्रमाणपत्रहरुको अनलाइन दर्ता अपडेट गर्न अनुरोध गरेको छ।

डाटा प्रणालीका निर्देशक अहमद अल-गरीबले कुवेत आउँदै गरेका यात्रीहरुलाई एक वक्तव्यमा भ्याक्सिन प्रमाण पत्र अपलोड गरेपछि एप्पल वा गुगल प्ले मार्फत इम्युन एप्लिकेसनमा अपलोड गरी प्रमाणपत्र प्रमाणित गर्न सक्ने बताएका छन्। यस अघी मोबाइल नम्बरमा मात्रै उक्त प्रमाणिकरण कोड प्राप्त गर्न सकिन्थ्यो भने, अब देखी ईमेलमा पनी प्रमाणिकरण कोड प्राप्त गर्न सकिने भएको छ।

कुवेतको स्वास्थ्य मन्त्रालयले सोमबार घोषणा गरे अनुसार एक नयाँ अपडेट इम्युन एप्लिकेसन उपलब्ध गराएको छ जसले प्रयोगकर्ताहरुलाई आफ्नो खोप जानकारी र कोभिड-१९ परीक्षण को नतिजाहरु जोड्न अनुमति दिन्छ।

त्यस्तै अहमद अल-गरीबद्वारा जारी एक प्रेस विज्ञप्ति मा भनिएको छ कि यो अपडेट यातायात र यात्रा को लागी पहुँच मा मद्दत गर्दछ, विशेष गरी आप्रवासीहरुको लागी, र जो संग स्मार्टफोन छैन, चाहे उनीहरु बच्चाहरु वा घरेलु कामदारहरु सबैको लागी रहेको (KUNA)लाई उद्धत गर्दै अरब टाइम्सले जनाएको छ।

इम्युन एप्लिकेसन कुवेतमा स्वास्थ्य मंत्रालय द्वारा विकसित एक इलेक्ट्रोनिक एप्लिकेसन हो-सूचना प्रणाली विभाग र एप्लिकेसन कुवेत मा स्वास्थ्य मन्त्रालय द्वारा जारी कोभिड-१९ को लागी खोप को प्रमाण पत्र प्रदान गर्ने लक्ष्यका साथ तयार पारिएको हो भने इम्युन एप्लिकेसन एक नि: शुल्क एप्लिकेसन हो।

उक्त एप्लिकेसनले प्रशासनले प्रयोगकर्ता द्वारा प्रदान गरिएको जानकारी संकलन गर्दछ, जसमा सिभिल आईडी, फोन नम्बर,ईमेल, वा कुनै अन्य डाटा जुन प्रयोगकर्ताले प्रदान गर्न वा उसको पहिचान निर्धारण गर्न को लागी प्रयोग गर्न सकिन्छ।

प्रक्रिया को अन्त मा देशमा आगमन हुनु पूर्व इम्युन अपडेट गर्न को लागी प्रमाणिकरण कोड ईमेलद्वारा प्राप्त सकिनेछ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...