Monday 12th January 2026

ओमान पुगेका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ


तितोपाटी- ओमानमा विश्वकप क्रिकेट लिग–२ खेल्न ओमान पुगेको नेपालको राष्ट्रिय क्रिकेट टोलीका सबै सदस्यको कोरोना परीक्षण गरिएको छ । नेपाल क्रिकेट सङ्घले ओमान पुगे लगत्तै गरिएको परीक्षणमा सबै खेलाडीको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

नेपालको राष्ट्रिय क्रिकेट टोलीले ओमानमा पपुवान्यूगिनी विरुद्ध दुई खेलको अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खला र ओमान तथा अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्नेछ । त्रिकोणात्मक शृङ्खला आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत हुनेछ । उक्त प्रतियोगिता सेप्टेम्बर १३ मा सुरु भई २० मा सम्पन्न हुनेछ । नेपालले प्रतियोगितामा दुई खेल ओमानविरुद्ध र दुई खेल अमेरिका विरुद्ध खेल्नेछ । १७ जना क्रिकेट खेलाडी तथा खेल अधिकारी र प्रशिक्षकसहित २३ सदस्यीय टोलि गत् मंगलबार सलाम एयरबाट ओमान पुगेको हो । क्यानले खेलाडीको रिपोर्ट नेगेटिभ आएपछि प्रशिक्षण र अभ्यासमा फर्किने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...