Saturday 11th April 2026

ओमान पुगेका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ


तितोपाटी- ओमानमा विश्वकप क्रिकेट लिग–२ खेल्न ओमान पुगेको नेपालको राष्ट्रिय क्रिकेट टोलीका सबै सदस्यको कोरोना परीक्षण गरिएको छ । नेपाल क्रिकेट सङ्घले ओमान पुगे लगत्तै गरिएको परीक्षणमा सबै खेलाडीको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

नेपालको राष्ट्रिय क्रिकेट टोलीले ओमानमा पपुवान्यूगिनी विरुद्ध दुई खेलको अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खला र ओमान तथा अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्नेछ । त्रिकोणात्मक शृङ्खला आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत हुनेछ । उक्त प्रतियोगिता सेप्टेम्बर १३ मा सुरु भई २० मा सम्पन्न हुनेछ । नेपालले प्रतियोगितामा दुई खेल ओमानविरुद्ध र दुई खेल अमेरिका विरुद्ध खेल्नेछ । १७ जना क्रिकेट खेलाडी तथा खेल अधिकारी र प्रशिक्षकसहित २३ सदस्यीय टोलि गत् मंगलबार सलाम एयरबाट ओमान पुगेको हो । क्यानले खेलाडीको रिपोर्ट नेगेटिभ आएपछि प्रशिक्षण र अभ्यासमा फर्किने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिण लेबनानमा हिज्बुल्लाहका “सैन्य ठेगाना” र रकेट लन्च साइटहरूलाई लक्षित गर्दै ठूलो हवाई हमला गरेको जनाएको छ। इजरायलले…

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

प्रतिकृयाहरू
...