Thursday 22nd January 2026

बेलायतबाट एक लाख ३० हजार मात्रा खोप आइपुग्यो


तितोपाटी- बेलायतले नेपाललाई एक लाख ३० हजार डोज खोप उपलब्ध गराएको छ । अस्ट्राजेनिकाको सो खोप आजै काठमाडौं आइपुगेको काठमाडौस्थित बेलायती राजदूताबासले जनाएको छ ।

नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बिहीबार काठमाडौँ आई पुगेका जानकारी दिँदै यसले नेपालमा कोभिड १९ को उच्च जोखिममा परेका व्यक्तिलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । राजदूत पोलिटले नेपाल बेलायतको सबैभन्दा पुरानो साथी रहेको बताउँदै दुई देशबीचको सहकार्यको इतिहास दुई शताब्दीभन्दा लामो रहेको स्मरण गर्नुभयो । उहाँले बेलायतले नेपाली जनतालाई महामारीसँग लडन सहयोग गर्दे आएको बताउँदै काठमाडौँ आएका खोपहरु बेलायतले कोभ्याक्सलाई गरेको सहयोग अनुदानबाहेक दुई पक्षीय सहयोग अन्र्तगत रहेको बताउनुभयो ।
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले संयुक्त अधिराज्य सरकारले नेपाली जनताका लागि कोभ्यास प्रणाली अतिरिक्त दुई पक्षीय सहायता अन्र्तगत खोप उपलब्ध गराएकोमा आभार व्यक्त गर्नुभयो
गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...