Saturday 19th September 2026

स्रष्टा कमला देवकोटाका एघार उदकहरू



चर्कियो
छाती लात्तिले
पुत पुताका गल्तीले !


मन
भत्कियो तड्पियो
आफ्नै कुबुद्धि खड्कियो !


साँढे
जुधाइ फुटाइ
छेपाराहरूको रङ्ग मोलमोलाई !


नाङ्गा
बाबा भेषमा
दुर्गति फिर्दैछ देशमा !



कहाँबाट को
भिन्नता नालीको किरो !


चरा
उन्मुक्त उडान
बचेरा चारा भरान !


जात्रा
नबनौँ महाशय
बाचौँ अनि बचाउँ !


मल्हम
बनौँ मानवको
उद्देश्य लिउँ उत्थानको !


महामारी
हुँदैछ प्रखर
नगरौँ डुल्ने रहर !

१०
समस्या
खेतबारी डुवान
घिन लाग्दो मुहान !

११
जिम्मेवारी
मन वचन
सेवा अमूल्य धन !

– कमला देवकोटा
पाल्पा


सम्बन्धित शीर्षकहरु

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

अत्याधुनिक चिकित्सा प्रविधि र दक्ष चिकित्सकको टिम: पारस मल्टिस्पेसियालिटी हस्पिटलमा बढ्दै बिरामीको विश्वास -गुलाम नवि मन्सुर विराटनगर, पछिल्लो समय विराटनगरस्थित…

इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झण्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार…

प्रतिकृयाहरू
...